भ्रष्टाचार मुद्दामा फरार विद्युत् प्राधिकरणका सहायक प्रबन्धक पक्राउ
सोमबार, ११ चैत २०८१, १३ : ४३

काठमाडौँ । भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । चितवन स्थायी घर भई हाल जिल्ला काठमाडौँको वनस्थली बस्ने ६५ वर्षीय उप्रेती गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट दायर गरेको मुद्दामा सर्वोच्च अदालतले गत १२ गतेको फैसला गर्दै उप्रेतीलाई २ करोड ५५ लाख १६ हजार चार सय त्रियासी रुपैयाँ जरिवाना र ६ महिना कैद हुने ठहर गरेको थियो । सो सजाय बेरुजु भई फरार रहेका उप्रेतीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोली आइतबार वनस्थलीबाट पक्राउ गरेको थियो ।
उनलाई सोमबार फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको र अदालतबाट डिल्लीबजार कारागार चलान भएको ब्यूरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस
-
सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
वर्तमान संकट कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छन् : प्रचण्ड
-
कर्णालीमा तेस्रो त्रैमासिक समीक्षा पनि कमजोर : सब पर्याप्त हुँदा पनि किन गतिलो रिजल्ट आएन ?
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा