बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

सोमबार, ११ चैत २०८१, १३ : ३४
सोमबार, ११ चैत २०८१

काठमाडौँ । महालक्ष्मी विकास बैंकले चैत ४ देखि १० गतेसम्म साताव्यापी रूपमा ‘ग्लोबल मनी विक २०२५’ कार्यक्रम सम्पन्न गरेको छ । सो अवधिमा बैंकले  विभिन्न लक्षित वर्गहरू पहिचान गरी शाखा तथा प्रादेशिक कार्यालयद्वारा वित्तीय साक्षरता, र्‍याली तथा सचेतनाका कार्यक्रमहरू सम्पन्न गरेको हो । 

जस अन्तर्गत बैंकका गोंगबु, धनगढी, चन्द्रनिगापुर, दमौली, इटहरी, जनकपुर, वीरगन्ज, दमक, टिकापुर, महेन्द्रनगर, बुटवल, लेकसाइड पोखरा, केन्द्रीय कार्यालय लगायतका विभिन्न प्रादेशिक कार्यालयहरुले विद्यार्र्थी तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकासका लागि वित्तीय साक्षरताका कार्यक्रम र प्रभातफेरी सञ्चालन गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

ती कार्यक्रमहरूमा  १२०० जना भन्दा बढीको सहभागिता रहेको भने उक्त कार्यक्रमहरूमा बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवाहरू, विप्रेषण, गुनासो सुनुवाइ, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषयवस्तुहरुमा जानकारी गराइएको छ ।

 साथै यस बैंकको आधिकारिक सामाजिक सञ्जालका माध्यहरुबाट समेत विभिन्न सचेतनामूलक जानकारीहरू पोस्ट गर्नुका साथै भिडियो सामाग्रीहरू समेत प्रसारण गरिएको थियो  । यस कार्यबाट किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप