बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

सानिमा बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सोमबार, ११ चैत २०८१, १३ : २८
सोमबार, ११ चैत २०८१

काठमाडौँ । सानिमा बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले चैत ४ देखि चैत १० गतेसम्म ‘ग्लोबल मनि विक २०२५’ अभियान अन्तर्गत कार्यक्रम सम्पन्न गरेको हो । 

सातै प्रदेशमा रहेका शाखामार्फत विभिन्न स्कुल तथा कलेजहरूमा विद्यार्थीहरू माझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

बैंकले विगतका वर्षहरूदेखि देशका सातै प्रदेशहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरू मार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । 

सानिमा बैंकको देशभर १३४ शाखा कार्यालयहरु र १२६ एटीएम सञ्जालहरु सञ्चालनमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप