बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

थाहा छैन मेरा कति भाइ बहिनी छन् : मस्ककी जेठी छोरी

सोमबार, ११ चैत २०८१, १३ : ०२
सोमबार, ११ चैत २०८१

वासिङ्टन डीसी । खर्बपति अमेरिकी व्यापारी एलन मस्क बेला बेलामा चर्चामा रहन्छन् । हालै मस्ककी जेठी छोरी भिभियन जेना विल्सनले आफ्नो जटिल पारिवारिक सम्बन्धबारे खुलेर कुरा गरेकी छिन् ।

मस्क र उनकी पहिलो श्रीमती जस्टिन विल्सनकी छोरी हुन् भिभियन । टिन भोगसँगको एक अन्तरवार्तामा २० वर्षकी भिभियनले आफ्ना कति जना भाइबहिनी छन् भन्ने कुरा आफूलाई थाहा नभएको बताएकी थिइन् । यो एउटा प्रश्न नै भएको उनले अन्तरवार्तामा भनेकी थिइन् । ‘तपाईंले मेरो सौतेनी भाई बहिनीलाई गन्नुहुन्छ भने मलाई साँच्चै थाहा छैन मेरा कति जना भाइबहिनी छन् । यो त रमाइलो तथ्य हो ।’ उनले भनिन् । 

अन्तरवार्तामा उनले आफ्नो पिताको बढ्दो परिवारबारे असामान्य तरिकाले थाहा पाएको पनि खुलासा गरिन् । ‘मैले पनि अरू सबैले जस्तै गरी शिभोन जिलिसका बारेमा थाहा पाएँ । मलाई पहिले यसको बारेमा कुनै जानकारी थिएन’ उनले भनिन् । मस्क र सङ्गीतकार ग्राइम्सको दोस्रो सन्तानको बारेमा आफूले रेडिटको पोष्टबाट थाहा पाएको उनले बताइन् । 

मस्क र आफ्नो आमाको सम्बन्ध विच्छेद भइसकेको अनि आमा र आफू दुबै उनीसँग नबस्ने उनले बताइन् । पिताको वर्तमान परिवारसँग आफू सम्पर्कमा नभएको र उनीहरूले जे गरे पनि मतलब नभएको उनले बताइन् । 

‘यो मेरो समस्या होइन, ठिक छ ? मैले एक्सलाई एक पटक देखेको छु । त्यतिबेला उ निकै सानो थियो ।’  ग्राइम्सको साथमा मस्कको पहिलो सन्तानको नाम gfd X Æ A-12  हो । फरक फरक महिलासँगको सम्बन्धबाट मस्कले १४ सन्तान जन्माएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप