चन्द्रागिरि नगरपालिकामा दिनदहाडै लाखौँको चोरी
सोमबार, ११ चैत २०८१, १२ : ४७

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका-१२ मा आइतबार दिउँसो चोरी भएको छ । टयार्चाटोल बस्ने तेजनारायण गैरेको घरमा सो चोरी भएको हो ।
चोरले नगद १ लाख रुपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब १७ लाख ९९ हजार ८ सय रुपैयाँ बराबरको धनमाल आइतबार चोरी गरेको छ ।
यता, दाङको लमही नगरपालिका-५ सनलाईट चोक डेरा गरी बस्ने अर्घाखाँची छत्रदेव गाउँपालिका-७ घर भएका बासु पौडेलको कोठाबाट करिब ७ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद आइतबार राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत २० पछि माग पूरा नभएसम्म शिक्षकहरू सडक संघर्षमा उत्रिने
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
वीरगञ्ज महानगरद्वारा ३३ करोड ५६ लाख राजस्व सङ्कलन
-
अवैध लागु औषधसहित ५ जना पक्राउ
-
भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
-
कर्णाली भूकम्पका नाममा सङ्घसंस्थालाई ३८ करोड, खर्चअनुसार छैन उपलब्धि