पर्वत र पाँचथरमा नाबालिगमाथि जबरजस्ती करणी

काठमाडौँ । पर्वत र पाँचथर जिल्लामा नाबालिगमाथि जबरजस्ती करणीका छुट्टाछुट्टै घटनामा दुई जना पक्राउ परेका छन् ।
पर्वतमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जलजला गाउँपालिका-९ बनौ घर भई कुश्मा नगरपालिका-६ राम मन्दिर चोक डेरा गरी बस्ने १९ वर्षीय विजय फगामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई गत मंसिर ३ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यता, पाँचथरमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हिलिहाङ गाउँपालिका-४ घर भएका २६ वर्षीय दोर्ण रसाइलीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । रसाइलीले ती बालिकालाई फिदिम नगरपालिका-२ रमिते डाँडास्थित रमिते होटलको कोठामा बिहीबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत
-
चार स्रष्टालाई पारिजात सम्मान