बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

आमा र छोरीले एकै दिन गरे विवाह

सोमबार, ११ चैत २०८१, १२ : २४
सोमबार, ११ चैत २०८१

लन्डन । इङ्ग्ल्याण्डमा एकै दिन आमा–छोरीकै विवाह भएको छ । आमा र छोरीले सल्लाहमै एकै दिन विवाह गरेको बताइएको छ ।

डेली स्टार न्यूजका अनुसार योर्कमा बस्दै आएकी ३२ वर्षीय हन्नाह शेफर्डका दुई छोरी र एक छोरा छन् । २१ डिसेम्बर २०२४ मा उनको विवाह थियो ।

हन्नाहलाई उनका ६९ वर्षीय सौतेनी पिता फिलिप ग्रान्टले मण्डपसम्म लगेका थिए । हन्नाहको विवाह ३५ वर्षीय क्रिस्टोफर जोन्सनसँग हुँदै थियो ।

केही मिनेटमै हन्नाहकी ६४ वर्षीय आमा हेलेन शेफर्ड पनि बेहुली बनेर मण्डपमा पुगिन् । उनले फिलिपसँग विवाह गरिन् ।

हेलेनलाई भने उनकी अर्की छोरी समान्था ब्राउनले मण्डपसम्म पु¥याएकी थिइन् । समान्थाका दुई छोरा र एक छोरी छन् ।

हन्नाहले अनुसार आमा र छोरीले एकै दिन विवाह गर्नेमा सायद आफूहरू नै पहिलो भएको बताइन् । आमासँगको निकटताकै कारण यस्तो निर्णय लिएको उनको भनाइ छ ।

त्यो त हेलेनले फिलिपसँग १० वर्ष अघि नै विवाहको योजना बनाएकी थिइन् । तर उक्त योजना साकार हुन सकिरहेको थिएन ।

हन्नाहले क्रिससँग विवाह गर्ने तयारी गरेपछि हेलेनले पनि विवाहको योजना बनाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप