नेपाल एसबिआई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी वीक २०२५ को अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गरेको छ।
चैत्र ४ देखि १० गतेसम्म सातै प्रदेशमा सम्पन्न यस कार्यक्रममा विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा बचतको महत्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगी सम्बन्धी सचेतना, तथा अन्य आधारभूत बैंकिङ अवधारणाहरूबारे प्रशिक्षण दिइयो।
बैंकले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी सातवटै प्रदेशका विभिन्न स्थानहरूमा कार्यक्रम सञ्चालन गरेको हो।
उक्त कार्यक्रमहरूमा १५०० भन्दा बढी विद्यार्थी तथा बालबालिकाहरूको सहभागिता रहेको थियो। उनीहरूलाई आधुनिक वित्तीय प्रविधि, डिजिटल बैंकिङ प्रयोग, साइबर सुरक्षा, सुरक्षित बैंकिङ अभ्यासहरू, तथा जिम्मेवार वित्तीय निर्णय लिने क्षमताका विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलविरुद्ध अर्जेन्टिनाको सानदार जित, विश्वकपमा छनोट
-
सोच ३७ को भएको कारण अभिनयमा अझै जोस छ : हरिवंश आचार्य
-
श्रीलङ्काका लागि नेपालका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नागेन्द्र र रचनाको ‘यती माया गरुकी तिमीलाई’ सार्वजनिक
-
चैत २० पछि माग पूरा नभएसम्म शिक्षकहरू सडक संघर्षमा उत्रिने
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य