बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

ब्रोकाउलीमा भेटियो अत्यधिक विषादी

सोमबार, ११ चैत २०८१, १२ : ०४
सोमबार, ११ चैत २०८१

काठमाडौँ । ब्रो काउलीमा विषादी फेला परेको छ । धादिङबाट बिक्रीका लागि कालीमाटी ल्याइएको सो काउलीमा विषादीको मात्रा (रोकावट प्रतिशत) ८५.५४६ प्रतिशत भेटिएको हो ।

ब्रो काउलीमा अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।  सोमबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १८ पसलको १८ वटा तरकारी तथा फलफूल परीक्षण गर्दा काउलीमा विषादी भेटिएको हो । सो मात्रा उपभोग अयोग्य रहेको जनाइएको छ । 

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी जाँच गर्दा रोकावट प्रतिशत ३५ भन्दा कम उपभोगयोग्य, ३५ देखि ४५ सम्म केही दिन राखेर खान मिल्ने र ४५ भन्दा बढी खान अयोग्य मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप