बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

बक्स अफिसको ‘टप’ मा डिज्नीको ‘स्नो ह्वाइट’

सोमबार, ११ चैत २०८१, ११ : ५४
सोमबार, ११ चैत २०८१

लस एञ्जलस । डिज्नीको लाइभ एक्सन फिलम ‘स्नो ह्वाइट’ उत्तर अमेरिकी बक्स अफिसको सबैभन्दा माथि उक्लिएको छ । फिल्मबारे प्रशस्तै नकारात्मक समीक्षा आएको भएपनि बक्स अफिसको सूचीमा फिल्म अग्रपङ्क्तिमा पुगेको छ । ओपनिङ विकेन्डमा फिल्मे विश्वभर ८ करोड ७३ लाख डलर कमाएको अनुमान गरिएको छ । योमध्ये आधा कमाई उत्तर अमेरिकाबाट भएको हो । 

तर २७ करोडभन्दा बढीको बजेटमा बनेको फिल्मको पहिलो सप्ताहन्तको यो कमाई अपेक्षा गरिएभन्दा कमै हो । फिल्म रिलिज हुनुअघि नै अनेकौं विवादमा फसेको थियो । फिल्ममा कोलोम्बियाली मूलकी रेचेल जेग्लरलाई स्नो ह्वाइटका रुपमा देखाएको भनेर निकै विवाद भएको थियो । अन्य पात्र सेभेन डर्फ अर्थात सात जना पुड्का मानिसहरूबारे पनि उत्तिकै विवाद थियो । 

जेग्लरको प्यालेटिनी समर्थित कमेन्ट अनि फिल्ममा स्नो ह्वाइटको सौतेनी आमाको भूमिकामा देखिएकी गल ग्याडोटको इजरायल समर्थित अभिव्यक्तिले पनि फिल्मलाई अरु विवादमा घेर्यो । रोटेन टमेटोजले फिल्मलाई ४४ प्रतिशत मात्रै अंक दिएको छ । तर दर्शको प्रतिक्रिया देखाउने पपकोर्नोमिटरले भने फिल्मलाई ७३ प्रतिशत अंक दिएको छ । अन्य केही फिल्म क्रिटिकहरूले फिल्मलाई राम्रै भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप