क्यानडामा अचानक चुनावको घोषणा : व्यापार युद्ध र ट्रम्पको धम्कीको कस्तो पर्ला असर ?

ओट्टावा । जस्टिन ट्रुडोको राजीनामापछि पदभार ग्रहण गरेका क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले देशमा चुनावको मिति घोषणा गरेका छन् । व्यापार युद्ध र डोनाल्ड ट्रम्पको धम्कीको बिचमा अप्रिल २८ मा निर्धारित समयभन्दा अगाडि नै चुनाव हुनेछ । प्रधानमन्त्री कार्नीले अचानक चुनाव घोषणा गरेर सबैलाई चकित पारेका छन् । क्यानडामा चुनाव सामान्यतया यस वर्ष अक्टोबरमा हुँदै थियो । क्यानडाको सत्तारुढ लिबरल पार्टीले प्रमुख विपक्षी कन्जरभेटिभ पार्टीको सामना गर्नेछ ।
वर्तमान लिबरल पार्टीभन्दा पनि बलियो जनादेश भएको सरकार सुनिश्चित गर्न समयमै चुनावको आह्वान गरेको कार्नीले बताए । छिमेकी अमेरिकासँगको व्यापार युद्ध र राष्ट्रपति ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउँछु भनेर बारम्बार दिएको धम्कीलाई ध्यानमा राख्दा यो कदमले महत्त्व राख्छ । यी दुवै मोर्चा क्यानडा अडिग छ र अमेरिकासँग दृढतापूर्वक लडिरहेको छ ।
‘मैले भर्खरै गभर्नर जनरललाई संसद् विघटन गर्न र अप्रिल २८ मा चुनाव आह्वान गर्न अनुरोध गरेको छ, उनले पनि आफ्नो सहमति दिएका छन् ।’ ब्रिटिस कमनवेल्थका सदस्य, क्यानडाका प्रतिनिधि राजा चाल्र्स तृतीयलाई सङ्केत गर्दै कार्नीले भने । आफूहरूमाथि आफ्नो अधिकार स्थापित गर्न सकियोस् भनेर ट्रम्पले क्यानडालाई तोड्न चाहेको पनि उनले बताए । तर आफूहरूले यस्तो हुन नदिनेमा उनले जोड दिएका थिए । यो खतरा गम्भीर भएको दाबी पनि उनले गरेका थिए । यस्तो अवस्थामा आफ्नो देशलाई साहसी निर्णय लिन बलियो जनादेश दिन लक्ष्य राख्नु परेको पनि उनले बताए ।
कार्नीले मार्च १४ मा क्यानडाको प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए । क्यानडाले धेरै मोर्चामा सङ्कटको सामना गरिरहेको बेला उनले देशको बागडोर सम्हालेका थिए । प्रधानमन्त्रीको रूपमा शपथ लिएपछि आफ्नो पहिलो सम्बोधनमा कार्नीले वर्तमान समयका चुनौतीहरूको सामना गर्ने सरकार गठन गर्ने भनेका थिए ।
चुनावी समीकरण
केही समय अघिसम्म क्यानडाको सत्तारुढ लिबरल पार्टीले हारको खतरा सामना गरिरहेको थियो । तर ट्रम्पले अतिरिक्त भन्सार महसुलको आर्थिक युद्धको घोषणा गरेपछि र सम्पूर्ण देशलाई अमेरिकामा ५१ औँ प्रान्तको रूपमा गाभ्ने चेतावनी दिएपछि परिस्थिति परिवर्तन हुँदै गएको देखिएको विदेश मामिला र चुनावी मामिलाका विज्ञहरूले दाबी गरिरहेका छन् । बदलिएका समीकरणहरूका कारण चुनावमा लिबरल पार्टीले अग्रता लिने दाबी गरिँदैछ । ट्रम्पले क्यानडाबाट आयात हुने स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाएका छन् । अप्रिल २ देखि सबै क्यानेडियन उत्पादनहरूमा भारी कर लगाउने घोषणा पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागु औषधसहित ५ जना पक्राउ
-
भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
-
कर्णाली भूकम्पका नाममा सङ्घसंस्थालाई ३८ करोड, खर्चअनुसार छैन उपलब्धि
-
गर्मीमा किन रातो हुन्छ आँखा ? कसरी पाउने छुटकारा ?
-
पूर्वीनाका काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात
-
भैरहवा र नेपालगञ्ज भन्सारले भेट्टाएनन् राजस्व लक्ष्य