काठमाडौँ । पाँच वर्षअघि चीनको वुहानबाट सुरु भएको कोभिड–१९ विश्वभर फैलिन पुग्यो । जसका कारण विश्वका अन्य देशमा जस्तै नेपालमा पनि लामो समय देशव्यापी लकडाउन गर्नुपरेको थियो ।
सरकारले २०७६ साल चैत १० गतेको निर्णय अनुसार चैत ११ गते बिहान ६ः०० बजेदेखि लकडाउन लगाएको थियो । पहिलो लकडाउन २०७७ साउन ६ सम्म करिब ४ महिनासम्म निरन्तर रह्यो भने त्यसपछि पनि विभिन्न पालिकाहरूमा कोरोना सङ्क्रमणको अवस्था हेरेर आंशिक लकडाउन र निषेधाज्ञा पटक-पटक लागू गरिएको थियो।
यसैगरी कोभिडको दोस्रो लहरका कारण २०७८ साल वैशाखमा पुनः कडा प्रतिबन्ध लागू भयो। यसआधारमा नेपालमा विभिन्न चरणमा गरी लगभग १ वर्ष लकडाउन वा निषेधाज्ञा कायम गरिएको थियो। जुन लकडाउनका कारण सर्वसाधारण व्यापक प्रभावित हुनुका साथै अर्थतन्त्र चौपट भएको थियो ।
तस्बिरमा हेर्नुहोस् कोभिड–१९ का कारण सिर्जित देशव्यापी लकडाउनका त्यतिबेलाका दृष्य :
प्रतिक्रिया