अरुणिमा अभिनीत ‘घर बट इन अमेरिका’ ओटीटीमा रिलिज हुने

काठमाडौँ । अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट इन अमेरिका’ नेपाली ओटीटी एमएसएम भिडियोमा प्रसारण हुने भएको छ ।
निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले रिलिजको एक पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।
निर्देशक अधिकारीका अनुसार सिरिज नयाँ वर्ष २०८२ को अवसर पार्दै वैशाखको दोस्रो हप्ताबाट प्रसारण हुनेछ । १२ श्रृंखला तयार भएको सिरिज एकसाथ प्रसारणमा आउने भएको हो ।
सिरिजको सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा गरिएको छ । सिरिजले नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ–इन रिलेशनसिपमा रहेकी छोरीको कथा भन्छ ।
अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि यसै सिरिज मार्फत अभिनयमा पुनरागमन गर्दैछिन् । अरुणिमाको अलवा सिरिजमा बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापालगायतको अभिनय छ ।
सिरिजको पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका हुन् । निर्माता रोशन घिमिरे हुन् भने सह निर्माताहरू सुमित्रा अधिकारी र कुमारी घिमिरे हुन् । सिरिजको सम्पादन मित्र डी गुरुङ, रङ्ग संयोजन कपिल पराजुली, छायाङ्कन निर्देशक विक्रान्त मान श्रेष्ठ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वीनाका काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात
-
भैरहवा र नेपालगञ्ज भन्सारले भेट्टाएनन् राजस्व लक्ष्य
-
दोहोर्याएर तताएर खान हुँदैन यी तरकारी
-
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल