राष्ट्रिय टोलीको जर्सी प्रायोजकको खोजीमा क्यान
सोमबार, ११ चैत २०८१, ०९ : १७

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टोलीका लागि जर्सी प्रायोजकको खोजीमा छ । यसका लागि क्यानले क्यानले सार्वजनिक सूचना जारी गरेको छ । राष्ट्रिय टोलीको जर्सी प्रायोजनका लागि क्यानले निश्चित सर्तसहितको सार्वजनिक सूचना जारी गरेको हो ।
राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजन गर्न चाहनेले वार्षिक रूपमा कम्तीमा दुई करोड रुपैयाँ क्यानलाई बुझाउनु पर्नेछ । सम्झौता अवधि तीन वर्षको हुनेछ । यसका साथै प्रत्येक वर्ष तोकिएको रकममा १० प्रतिशत वृद्धि गर्नु पर्नेछ ।
यसबापत क्यानले राष्ट्रिय टोलीले लगाउने जर्सीको अगाडि प्रायोजकको लोगो अंकित गर्नेछ । यसका लागि क्यानले आगामी अप्रिल ११ तारिखसम्मको समय तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा दाताले दिएका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश
-
‘हरेक खेलाडीको कथा हो, ‘अञ्जिला’
-
रुस-युक्रेन युद्धविराम गर्न सहमत भएको ह्वाइट हाउसको दाबी, जेलेन्स्की अझै सशंकित
-
स्विजरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणको निम्तो
-
'कोरिया सन्देश' विमोचन
-
सनलङ ईभीयू-३ कार्गो भ्यान सार्वजनिक