बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

बेलायती खेलाडी एम्मा राडुकानू मियामी ओपनको अन्तिम १६ मा

सोमबार, ११ चैत २०८१, ०६ : १६
सोमबार, ११ चैत २०८१

काठमाडौं । बेलायती टेनिस खेलाडी एम्मा राडुकानू मियामी ओपनको अन्तिम १६ मा पुगेकी छन् । प्रतिस्पर्धी म्याककार्टनी केसलर दोस्रो सेटको सुरुवात मै चोटग्रस्त भएपछि राडुकानूले अवसर छोपिन् । 

राडुकानूले पहिलो सेट ६-१ ले जितिन् । उनले जम्मा ३० मिनेटमा पहिलो सेटको सफलता हात पारिन् । दोस्रो सेटमा सुरुवाती विश्रामलगत्तै २२ वर्षीया राडुकानूले ३-० को अग्रता लिंदा २५ वर्षीया केसलर पीठ्यूको समस्याका कारण खेलबाट बाहिरिन पुगिन् । 

राडुकानूले केसलरलाई चाँडै ठीक हुन भनी स्वास्थ्य लाभको कामना समेत गरेकी छन् । उनले केसलरको खेल कौशलको प्रशंसा समेत गरिन् । अब राडुकानूको भिडिन्त अमेरिकी अमाण्डा अनिसिमोभा वा १७ वर्षीया रुसी मीरा एण्ड्रिभासँग हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप