क्यानेडेली प्रधानमन्त्रीले अकस्मात गरे चुनाव घोषणा

काठमाडौं । क्यानेडेली प्रधानमन्त्री मार्क कार्नीले अकस्मात चुनावको मिति घोषणा गरेका छन् । उनले अप्रिल २८ मा चुनाव गर्ने घोषणा गरेका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मुकाविला गर्नका लागि स्पष्ट जनादेश चाहिएको प्रधानमन्त्री कार्नीको प्रतिक्रिया छ । उनले भनेका छन्, ‘अमेरिकी राष्ट्रपति ट्रम्प हामीलाई टुक्र्याएर कब्जा तथा नियन्त्रण गर्न चाहन्छन् ।’
यसअघि कन्जरभेटिव पार्टीका पियरे पोलीभरेले आफ्नो अभियान प्रस्तुत गरे । उनले भने, ‘हामी अमेरिकासँग राजनीतिक सम्बन्धलाई सम्मानजनक तथा दृढ एवं मजबुद रुपमा देख्न चाहन्छौं ।’
अहिले अमेरिका क्यानाडा सम्बन्धमा दरार आएको छ । ट्रम्पले क्यानाडाविरुद्ध व्यापार युद्ध छेडेका छन् । त्यतिमात्र नभई क्यानाडालाई अमेरिकाको ५१ औं राज्य बनाउने अभिव्यक्ति ट्रम्प प्रशासनले दिइरहेको छ ।
पियरे पोलिभरे, न्यू डेमोक्रेटिक पार्टीका नेता जगमीत सिंह तथा ब्लक क्यूबेकोइसका नेता यवेस फ्रान्कोइसले लिबरल पार्टीका नेता कार्नीलाई चुनौति पेश गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’