मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

भोलेनाथको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल

सोमबार, ११ चैत २०८१, ०५ : ४३
सोमबार, ११ चैत २०८१

आज विक्रम संवत २०८१ साल चैत्र ११ गते, सोमबार । ईश्वी सन् २०२५ मार्च २४ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र कृष्णपक्ष । तिथि–दशमी, ४६ घडी ४३ पला, रातको १२ बजेर ४७ मिनेट उप्रान्त एकादशी । नक्षत्र–उत्तराषाढा, ४६ घडी २० पला, रातको १२ बजेर ३७ मिनेट उप्रान्त श्रवण । योग–परिध, १७ घडी ५० पला, दिउँसो १ बजेर १४ मिनेट उप्रान्त शिव । करण–वणिज, दिउसो १ बजेर ० मिनेट उप्रान्त भद्रा, रातको १२ बजेर ४७ मिनेट उप्रान्त बव । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–धनु, बिहान ६ बजेर २५ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ६ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १६ मिनेट । दिनमान ३० घडी २७ पला ।

आजको बार बेला   
बिहान ०६ बजेर ६ मिनेटसम्म अमृत बेला ।
बिहान ६ बजेर ७ मिनेटदेखि बिहान ७ बजेर ३७ मिनेटसम्म काल बेला ।
बिहान ७ बजेर ३८ मिनेटदेखिबिहान ९ बजेर ८ मिनेटसम्म शुभ  बेला ।
बिहान ०९ बजेर ९ मिनेटदेखि बिहान १० बजेर ४० मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर ४१ मिनेटदेखि बिहान १२ बजेर ११ मिनेटसम्म उद्धेग बेला ।
मध्यान्ह १२ बजेर १२ मिनेटदेखि दिउँसो १ बजेर ४२ मिनेटसम्म चर बेला ।
दिउँसो १ बजेर ४३ मिनेटदेखि दिउँसो ३ बजेर १४ मिनेटसम्म लाभ बेला ।
दिउँसो ४  बजेर १५ मिनेटदेखि बेलुकी ४ बजेर ४५ मिनेटसम्म अमृत बेला ।
बेलुकी ४ बजेर ४६ मिनेटदेखि बेलुकी ७ बजेर ४५ मिनेटसम्म चर बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ७ बजेर ३७ मिनेटदेखि बिहान ९ बजेर ८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ४ बजेर ३१ मिनेटदेखी बिहान ५ बजेर १९ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) विभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रसस्त रुपैयाँ पैसा कमाउने योग रहेकोछ । व्यस्तताका बावजुद पनि उपलब्धिमूलक कामहरु गर्न सकिने ग्रहयोग रहेकोछ । सामाजिक कामहरु गरि नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुशियाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।  नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरिमा पदोन्नती हुनेछ । अध्ययन वा कामको शिलशिलामा यात्राको योग रहेकोछ ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) दाजुभाई तथा आफन्तको सहयोग पाईने हुनाले असजिला कामहरु सहजै सल्टाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । नसोचेको उपलब्धि हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरि चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला नराम्रो घट्ना घट्न सक्छ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ, ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउनेछ । आफन्त तथा साथीभाइबीच वैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला ।

कर्कट (हि,हु,हे,हो,डा,डी,डु,डे,डो) व्यवसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार, उद्योग तथा शेयरबजारमा आज गरिने लगानी फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउमा नयाँ नियूक्ती तथा काम गरिरहेको ठाउमा बढोत्तरी हुने योग रहेकोछ । प्रेममा नजिक भई रमाउन सकिनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा, टि, टु, टे) ईष्टमित्र तथा आफन्तका साथ रमाइलो यात्राको अवसर जुर्ने तथा ठीठा ठीठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । अदालती निर्णयहरु तपाईंकै पक्षमा आउने तथा सत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउदै लान सकिनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षेत्र तथा वित्तीय क्षेत्रमा गरिने फस्टाएर जानेछ भने दैनिकी सहज रुपमा बित्नेछ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेकोछ । माया प्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपहार प्राप्त हुने योग रहेकोछ । आफन्त तथा छोरा छोरीसँगको सम्बन्ध अझ राम्रो हुनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) घरायसी समस्या एक्कासी बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग टाडिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । कृषि तथा सहकारी व्यावासायमा भने मनग्गे आम्दानी हुने योग रहेकोछ । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा
मान सम्मानमा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनि नतिजाको लागि केही समय कुर्नु पर्नेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) नयाँ काम गरी मनग्गे धन तथा सम्पत्ती जोड्न सकिनेछ । उद्योग, शेयरबजार तथा व्यापारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीबीच एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आँट, पराक्रम गर्न नडाराई अगाडि बढ्ने हो भने चाहेको गन्तब्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलकाबीच पनि राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) पति पत्नीबीचको मधुर प्रेम भावले दाम्पत्य जीवन सुखद हुनेछ । इष्टमित्र सहयोगी बन्नेछन् । बोलीमा मधुरता झल्कनेछ भने भाग्यशक्ति सुदृढ रहनेछ । धार्मिक चाहनाले थुप्रै थीर्थाटनको अवसर जुर्नेछ  । पापीय मनोवृति बिस्तारै हट्दै जानाले मन प्रफूल्लित बन्नेछ  । नोकरीमा ख्याती बढ्ने कार्यको सर्वत्र, प्रशंसा होला । राजनीतिले समाजमा सुयोग्य र कर्मठ बनाउला । व्यापार व्यवसायले आर्थिक संकट निवारण गर्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) नयाँ प्रविधिको प्रयोग मार्फत व्यापार व्यवसायमा लगानी गरि मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरु उठ्नेछन् । समाजसेवामा जनतासँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । नयाँ काम पाउेन तथा नोकरीमा बढुवा हुने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कन्फिडेन्ट पावर बढ्ने हुनाले पराक्रमी काम गर्न सकिनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ, ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । माया प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाव बढ्नेछ । पढाइ लेखाइमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । विदेशमा उत्पादित सामानको व्यवसाय फस्टाएर जानेछ भने स्वादेशी सामानको व्यापारमा मन्दि आउनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नीबीचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाइले तपाईंको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् । दिगो काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । शेयर बजारमा आज गरिएको लगानीबाट आम्दानी हुनेछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप