साँस्कृतिक महासंघ रौतहटको अध्यक्षमा पासवान

रौतहट । नेपाल साँस्कृतिक महासंघ रौतहटको तेश्रो जिल्ला अधिवेशनबाट श्रीराम पासवानको अध्यक्षतामा २४ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत रूपमा चयन भएको छ ।
रौतहटको आर्थिक नगरी गरुडामा आइतबार सम्पन्न अधिवेशनबाट पासवानको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा गुञ्जा सहनी, सचिवमा जनकप्रकाश सहनी, सह–सचिवमा जयसीलाल यादव र करिमा चौधरी, तथा कोषाध्यक्षमा भोला साह चयन भएका छन् ।
समिति सदस्यहरूमा चयन हुनेहरू कपिल पटेल,कुञ्जन पटेल,संजिव साह, सललम दिवान, रविना खातुन, उर्मीला सहनी, चन्दन रजक, गौतम पासवान, सनी यादव, मासुम चौधरी, मुस्कान चौधरी,निर्मला चौधरी, शशीराम कुमार दास, चन्दन राम, रौशन सहनी ,राजा सहनी, केशव पासवान रहेका उक्त समितिले जनाएको छ ।
अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति तथा पूर्वमन्त्री कृष्णप्रसाद यादवले गरेका थिए । उनले अधिवेशनको सफलताको कामना गर्दै मधेश प्रदेशमा सांस्कृतिक महासंघको पहिचान मजबुत बनाउन आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेश प्रचार प्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले नव–निर्वाचित समिति सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी विकास कोषको विद्युतीय गाडीको नम्बर प्लेट हरियो बनाउन उच्च अदालत बुटवलको परमादेश
-
झापामा महिलाको शंकास्पद मृत्यु, श्रीमान पक्राउ
-
सिराहाका एसपी पण्डितलाई फिर्ता बोलाइयो, शर्मालाई जिम्मेवारी
-
कुलमानले सोमबारै लेखेका थिए बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने पत्र (पत्रसहित)
-
राप्रपाले चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने
-
पदभार गरेपछि हितेन्द्रदेवले भने– न्याय पाएँ