पर्यटन व्यवसायीबिच ‘व्यवसायिक साझेदारी बैठक’

सिचुवान । पोखरा र चीनको सिचुवान प्रान्तको छोङछिङ नगरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बिटुबी (बिजनेस टु बिजनेस) तथा ‘सेल्स मिसन’ आयोजना गरिएको छ । यहाँ आयोजित कार्यक्रममा दुवै नगरका पर्यटन व्यवसायीले सिचुवान एयरलायन्सको उडान नियमित भएमा पर्यटकीय साझेदारीलाई थप प्रभावकारी बनाउँदै लैजान सकिने बताएका थिए ।
छोङछिङका पर्यटन व्यवसायीले पोखरा र छोङछिङको भौगोलिक अवस्थिति मिल्दोजुल्दो भएको बताउँदै यहाँबाट पर्यटकहरू पोखरा लैजाने आफूहरूले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यहाँका संस्कृति एवं पर्यटन विकास आयोगका उपमहानिर्देशक वाङ हाओले पोखरासँग पर्यटकीय साझोदारी बढाउन आफूहरू उत्साहित भएको बताए । नेपाल र चीनबिचको औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्ष पुगिसकेको उल्लेख गर्दै उनले दुई देशबिचका नागरिक नागरिकको सम्बन्धलाई पनि साझेदारीले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले प्रकृति, संस्कृति र साहसिक पर्यटन नै पोखराको विशिष्टता भएको बताउँदै पोखरा भ्रमणका लागि छोङछिङवासीलाई आग्रह गरे । उनले आफूहरूको तर्फबाट पोखरा—छेन्दुमा उडानलाई सफल बनाउन सम्पूर्ण सहयोग रहने बताए । पोखरा भ्रमण वर्षका अवसरमा विभिन्न पर्यटकीय प्याकेजमा विशेष छुटका योजना पनि सार्वजनिक गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले जानकारी गराए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको महत्वपूर्ण गन्तव्य भएको बताउँदै यो चिनियाँ पर्यटकको रोजाइमा परिरहेको बताए । पोखरामा चिनियाँ पर्यटक लक्षित पूर्वाधारमा कमी नरहेको बताउँदै उनले पर्यटकको बढ्दो आगमनसँगै अन्य पूर्वाधार बढ्ने धारणा राखे ।
नेपाल पर्यटन बोर्डको आयोजना एवं पोखरा पर्यटन परिषद् र छिन्दुस्थित महावाणिज्यदूतावाससँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चाटर्ड उडानमार्फत यहाँ आएका पोखराका पर्यटन व्यवसायी सिचुवान प्रान्तका छिन्दु, लुझाउलगायत सहरमा उच्चस्तरीय भेटघाटसँगै पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रमका साथ शनिबार छोङछिङ आइपुगेको हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा फर्काउने आन्दोलनमा सहयोग ‘लिने र दिने’ नीतिमा राप्रपा
-
‘देखिने गरी’ नै काम गर्यो सरकारले
-
कुलमानको पक्षमा अखिल क्रान्तिकारीले काठमाडौँमा निकाल्यो राँके जुलुस
-
फिल्म प्रचार गर्ने अनौठो शैलीः रातो सारी लगाएर सडकमा अभिनेता लखरलखर
-
लुम्बिनी विकास कोषको विद्युतीय गाडीको नम्बर प्लेट हरियो बनाउन उच्च अदालत बुटवलको परमादेश
-
झापामा महिलाको शंकास्पद मृत्यु, श्रीमान पक्राउ