मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

वनमन्त्री शाही जर्मनी प्रस्थान

आइतबार, १० चैत २०८१, २२ : ३९
आइतबार, १० चैत २०८१

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी जर्मनीको राजधानी बर्लिनमा आयोजना हुने ‘पिटर्सवर्ग जलवायु संवाद’ मा सहभागी त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनी आज साँझ कतार एयरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । मन्त्री ठकुरीले सम्मेलनमा जलवायु परिवर्तनका असरबाट नेपालले भोग्नुपरेका चुनौती र वातावरण संरक्षणमा गरेको योगदानबारे ध्यानाकर्षण गराउनुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनी यही चैत १५ गते स्वदेश फर्किनेछन् ।

सन् २०१० मा तत्कालीन जर्मन चान्सलर एन्जेला मर्केलद्वारा सुरु गरिएको पिटर्सबर्ग जलवायु संवादमा संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनमा सफल वार्ताको लागि आधार तयार गर्न वार्षिक रूपमा विभिन्न राष्ट्रबीच छलफल हुँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप