मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

कांग्रेसले घटायो वडाध्यक्षले बुझाउनु पर्ने लेबी

आइतबार, १० चैत २०८१, २१ : ४९
आइतबार, १० चैत २०८१

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीबाट जिल्ला समन्वय समिति सदस्य तथा गाउँ र नगरका वडाध्यक्षले पार्टीलाई बुझाउनु पर्ने लेबी घटाएको छ । 

आज बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीको नियमावली २०७६ (परिच्छेद ७) को नियम २३ (५) मा संशोधन गर्दै लेबी घटाएको हो । 

अहिलेसम्म उनीहरूले आफूहरूले पाउनुपर्ने पारिश्रमिकको १० प्रतिशत लेबी पार्टीलाई बुझाउनुपर्थ्यो । अब उनीहरूले पारिश्रमिकको ५ प्रतिशत मात्रै बुझाए हुने व्यवस्था गरिएको हो । 

त्यस्तै गाउँ/नगर वडा सदस्य र कार्यपालिका सदस्यले बुझाउनु पर्ने पारिश्रमिकको लेबी पनि घटाउने निर्णय बैठकले गरेको छ । अहिलेसम्म उनीहरूले प्राप्त गर्ने मासिक पारिश्रमिकको पाँच प्रतिशत रकम पार्टीलाई अनिवार्य बुझाउँदै आइएकोमा अब दुई प्रतिशत रकम पार्टीलाई अनिवार्य बुझाए पुग्ने निर्णय गरिएको हो । कांग्रेसले २०७९ असारदेखि यस्तो व्यवस्था नियमावलीमा गरेको थियो । 

कांग्रेसले केन्द्रीय कार्यसमितिको २०८१ भाद्र १६ देखि भाद्र २३ गतेसम्म बसेको बैठकले जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख, नगरपालिकाका प्रमुख/उपप्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षले प्राप्त गर्ने मासिक पारिश्रमिकको २० प्रतिशतलाई १० प्रतिशत बनाउने निर्णय गरेकोले तल्लो तहमा माथिल्लो तह अनुरुप बनाउन आवश्यक देखिएकोले विद्यमान प्रतिशतलाई पचास प्रतिशत कम गरी सहज र व्यवहारिक बनाउन समायोजन गरिएको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप