मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबिच भगिनी सम्बन्ध कायम

काभ्रेपलाञ्चोक । यहाँको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । यससँगै अब दुई नगरबिच कृषि, पर्यटन, सामाजिक र सांस्कृतिक गतिविधिलगायत विषयमा आदानप्रदानका लागि सहमति भएको छ ।
यसलाई अन्तिम रूप दिई कार्य प्रारम्भ गर्न आज फुजिनोमियाका नगरप्रमुख हितोतादा सुदोसहितको टोलीले मण्डनदेउपुर नगरको औपचारिक भ्रमणपश्चात् भगिनी सम्बन्धको औपचारिक घोषणा गरिएको छ । नगरसभाको दोस्रो विशेष अधिवेशन–२०८१ आयोजना गरी मण्डनदेउपुरका नगरप्रमुख टोकबहादुर वाइवा र सुदोले सम्बन्धमा हस्ताक्षर गरी आदानप्रदान गर्नुभयो । गभिनी सम्बन्धका लागि जापानका लागि नेपालका राजदूत डा दुर्गा सुवेदीले विशेष समन्वय गरेको नगरप्रमुख वाइबाले जानकारी दिए ।
उनले विकसित देश जापानको नगरसँग भगिनी सम्बन्ध स्थापित हुनु गौरवको विषय भएको र यसले यहाँको कृषि, पर्यटन, सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक गतिविधि आदानप्रदानका साथै यी क्षेत्रको विकासमा थप प्रगति हुने अपेक्षा रहेको बताए । नगरप्रमुख वाइबाले जापानले यसअघि पनि नेपालको विकासमा धेरै सहयोग गरिरहेकाले यो सम्बन्ध मण्डनदेउपुरको विकासमा समेत कोसेढुङ्गा सावित हुने विचार व्यक्त गरे ।
त्यस अवसरमा सुदोले दुई नगरबीचको सम्बन्धको सुरुआतको क्षण ऐतिहासिक भएको चर्चा गर्दै यसले आगामी दिनमा दुई नगरको विविध आयामलाई थप उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘अब हामी दुई नगरको सम्बन्ध प्रगाढ हुँदै जानेछ’, उनले भने ।
गत माघ दोस्रो साता मण्डनदेउपुरका जनप्रतिनिधिको टोलीले जापान भ्रमणका क्रममा फुजिनोमिया नगरसँग भएको भगिनीसम्बन्धको सम्झौतालाई आज औपचारिकता दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाले चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने
-
पदभार गरेपछि हितेन्द्रदेवले भने– न्याय पाएँ
-
कुलमान हटाएको विरोधमा हेटौंडामा टुकी बालेर प्रदर्शन, प्रधानमन्त्रीविरुद्ध नाराबाजी
-
अर्थ मन्त्रालयद्वारा पूँजीगत खर्चबारे विषयगत मन्त्रालयहरुसँग छलफल
-
विराटनगरमा कुलमानको पुनर्वहाली माग गर्दै प्रदर्शन
-
मन्त्रिपरिषद्को २७ निर्णय सार्वजनिक (सूचीसहित)