मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन

आइतबार, १० चैत २०८१, २१ : २९
आइतबार, १० चैत २०८१

काठमाणडौँ । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ ।

बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम हालसम्म कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा दलालहरूलाई तीन महिनाभित्र कार्यालय स्थापना गर्न प्राधिकरणले आज निर्देशन दिएको हो ।

बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा प्राधिकरणमा सूचीकरण भएका र सूचीकरण नम्बर प्राप्त गरेका पुनर्बीमा दलालले छ महिनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नुपर्नेछ भन्ने व्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप