३ सयभन्दा बढी कलेजहरूमा स्ववियु निर्वाचन सम्पन्न, कहाँ कसले जिते ?
_kposyzkgeq_nl2Ku6ohX8.jpg)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ३ सयभन्दा बढी कलेजमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । ४२ वटा आंगिक क्याम्पस र २५० भन्दा बढी सम्बन्धनप्राप्त कलेजहरूमा स्ववियु निर्वाचन सम्पन्न भएको हो ।
त्रिविले चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकेको थियो । उक्त मितिमा ३८ वटा आंगिक क्याम्पसमा निर्वाचन हुन सक्यो । त्योबाहेक अमृत साइन्स क्याम्पस, लैनचौर काठमाडौं र पृथ्वीनारायण क्याम्पस, पोखरा कास्कीमा आज निर्वाचन भएको छ । त्यसअघि वीरगञ्जको वीरगञ्ज नर्सिङ क्याम्पस र काठमाडौंमा रहेको पद्मकन्या क्याम्पसमा समेत निर्वाचन सम्पन्न भएको थियो ।
आज दुई वटा आंगिक क्याम्पसमा निर्वाचन सम्पन्न भएसँगै ४२ वटा आंगिक क्याम्पसहरूमा स्ववियु निर्वाचन भएको छ । जसमा नेविसंघ १६, अनेरास्ववियु १३, अखिल (क्रान्तिकारी) १० र स्वतन्त्र १ र समाजवादी विद्यार्थी युनियनले एउटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन जितेका हुन् । दुईमध्ये अमृत साइन्स क्याम्पमा अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ । भने पोखराको पृथ्वीनारायण क्याम्पसको मतगणना हुन बाँकी छ ।
पद्मकन्या क्याम्पसमा नेविसंघकै बागी उम्मेदवार भूपी ऐरले जितेकी हुन् । उनी नेविसंघको केन्द्रीय कार्यालयले दिएको पत्रको आधारमा उनले जितेको नेविसंघको दाबी छ । तर उनले आफू स्वतन्त्र भएर बस्ने प्रस्ट पारेकी छन् ।
यसअघि स्वतन्त्रको रूपमा निर्वाचन जितेका चितवन इन्जिनियरिङ क्याम्पस, चितवनका प्रज्वल अधिकारी र केन्द्रीय प्राविधिक क्याम्पस, धरानका पेशलराज कार्की क्रान्तिकारी प्रवेश गरेसँगै क्रान्तिकारीमा प्रवेश गरेका छन् ।
समाजवादीनिकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले महेन्द्र विन्देश्वरी क्याम्पस राजविराजको स्ववियु निर्वाचन जितेको छ । जसको अध्यक्षमा रञ्जित यादव निर्वाचित भएका हुन् ।
नेविसंघले हालसम्म ११५ वटा सम्बन्धनप्राप्त र १६ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन जितेको छ । अनेरास्ववियुले १०३ वटा सम्बन्धन प्राप्त र १३ वटा आंगिक क्याम्पसहरू स्ववियु निर्वाचन जितेको छ । त्यस्तै अखिल क्रान्तिकारीले हालसम्म ८५ वटा क्याम्पसमा स्ववियु निर्वाचन जितेको छ । क्रान्तिकारीले १० वटा आंगिक क्याम्पससमेत जितेको छ । यसअघि २०७३ साल र २०७९ सालमा निर्वाचनमा क्रान्तिकारीले ३/३ वटा आंगिक क्याम्पस मात्रै जितेको थियो । यो पटक भने एक्लै लडेर ६ वटा र २ वटामा गठबन्धन बनाएर लडेको थियो । दुई वटा स्वतन्त्र निर्वाचित अध्यक्ष अखिल क्रान्तिकारी प्रवेश गरेका हुन् ।
समाजवादी विद्यार्थी युनियनले एउटा मात्र आंगिक क्याम्पस महेन्द्र विन्देश्वरी क्याम्पस राजविराजमा अध्यक्ष जितेको छ ।
२० वटा आगिंक क्याम्पसमा स्ववियु निर्वाचन हुनै बाँकी छ । तीमध्ये केहीमा स्ववियु निर्वाचिनको मिति तोकिएको छ भने केहीको अनिश्चित छ । स्ववियु निर्वाचन जुन प्रक्रियाबाट रोकिएको हो, सोहीअनुसार तत्काल बढाएर निर्वाचन गराउन त्रिविले निर्देशन दिएको थियो ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, पब्लिक युथ क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, शंकरदेव क्याम्पस, रत्नराज्य क्याम्पस (आरआर), त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, पाटन बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, शिद्धनाथ साइन्स क्याम्पस, सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्र बहुमुखी लगायत आंगिक क्याम्पसहरूमा स्ववियु निर्वाचन हुन बाँकी नै छ ।
नेविसंघले जितेको १६ वटा आंगिक क्याम्पस र अध्यक्षहरू
१. आयुर्वेद क्याम्पस, कीर्तिपुर काठमाडौं । निशान अर्याल
२. थापाथली क्याम्पस, थापाथली काठमाडौं । प्रल्हाद खड्का
३. महाराजगञ्ज नर्सिङ क्याम्पस, महाराजगञ्ज, काठमाडौं । विन्दु पोखरेल
४. महाराजगञ्ज मेडिकल कलेज, महाराजगञ्ज काठमाडौं । विवेक कुमार यादव
५. भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुर । पुकार पराजुली
६. गौरदह कृषि क्याम्पस, झापा । स्वर्णिम अधिकारी
७. मेची बहुमुखी क्याम्पस, झापा । नीलम कार्की
८. सुर्यनारायण सत्यनारायण मौरवैता यादव बहुमुखी क्याम्पस, सिरहा । पृथ्वीकुमार यादव
९. महेन्द्र बहुमुखी क्याम्पस, दाङ । दिपेश कुमार डिसी
१०. डडेल्धुरा शिक्षा क्याम्पस, डडेल्धुरा । गौरव ऐर
११. डोटी बहुमुखी क्याम्पस, डोटी । इन्द्र राणा
१२. लमजुङ कृषि क्याम्पस, लमजुङ । असिम वस्ती
१३. वन विज्ञान क्याम्पस, हेटौडा । श्यामराज भट्ट
१४. पूर्वाञ्चल इन्जिनिरिङ क्याम्पस, धरान । सागर बस्याल
१५. महेन्द्र बहुमुखी क्याम्पस, धरान । प्रसान राई
१६. पद्मकन्या क्याम्पस, काठमाडौं । भूपी ऐर । नेविसंघकी बागी उम्मेद्वार ।
अनेरास्ववियुले जितेको १३ वटा आंगिक क्याम्पस र अध्यक्षहरू
१. धनकुटा बहुमुखी क्याम्पस, धनकुटा । युवा तिमिल्सिना
२. महेन्द्र रत्न क्याम्पस ताहचल, काठमाडौं । ईश्वर थापा
३. ललित कला क्याम्पस, भोटाहिटी काठमाडौं । आशीष पौडेल
४. नेपाल कमर्स क्याम्पस, मीनभवन काठमाडौं । विशाल रोकाहा
५. वन विज्ञान अध्ययन संस्थान पोखरा । अभिषेक शर्मा
६. जुम्ला बहुमुखी क्याम्पस, जुम्ला । लोकेन्द्र बुढा
७. महेन्द्र क्याम्पस नेपालगन्ज बाँके । केशरजंग शाह
८. धौलागिरी बहुमुखी क्याम्पस, बागलुङ । आश्मिन शेख
९. पोखरा नर्सिङ्ग क्याम्पस, कास्की । प्रतिभा भण्डारी
१०. नेपालगन्ज नर्सिङ्ग क्याम्पस, बाँके । देवर्चना अधिकारी
११. महेन्द्र रत्न बहुमुखी क्याम्पस, ईलाम । विशाल कार्की
१२. वीरगञ्ज नर्सिङ क्याम्पस, वीरगञ्ज । आर्जु राय
१३. अमृत साइन्स क्याम्पस, काठमाडौं । रुद्रहरी पोरखेल ।
अखिल क्रान्तिकारीले जितेका १० वटा आंगिक क्याम्पस र अध्यक्षहरू
१. स्नातकोत्तर क्याम्पस, विराटनगर । प्रितम शाह
२. नर्सिङ क्याम्पस, विराटनगर । रोहित ताजपरिया
३. भोजपुर बहुमुखी क्याम्पस, भोजपुर । सबिन तामाङ
४. सानोठिमी क्याम्पस, भक्तपुर । नरेन्द्रसिंह ठगुन्ना
५. जनप्रशासन क्याम्पस, बल्खु काठमाडौं । अनिकेत तिवारी
६. गोरखा क्याम्पस, गोरखा । सुलभ अमगाईं
७. त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा । मिनल घर्ती मगर
८. महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर । रोहित यादव
९. केन्द्रीय प्रविधि क्याम्पस, धरान । पेशलराज कार्की (कार्कीलाई निर्वाचनमा क्रान्तिकारीले सहयोग गर्ने सहमति भएको थियो । निर्वाचनपछि कार्की क्रान्तिकारीमा प्रवेश गरेका छन्।)
१०. चितवन इन्जिनियरिङ क्याम्पस, चितवन । प्रज्वल अधिकारी (स्वतन्त्रबाट चुनाव लडेका तर, अखिल क्रान्तिकारीमा प्रवेश गर्दै)
स्वतन्त्रले जितेका आंगिक क्याम्पस र अध्यक्षहरू
१. पुल्चोक इन्जिनियरिङ क्याम्पस, ललितपुर । स्वयम श्रेष्ठ
२. पश्चिमाञ्चल क्याम्पस, पोखरा । प्रकाश धामी
समाजवादी विद्यार्थी युनियनले जितेका क्याम्पस र अध्यक्ष
१.महेन्द्र विन्देश्वरी क्याम्पस राजविराज– रञ्जित यादव
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारद्वारा कुलमान हटाउने निर्णय सार्वजनिक
-
पाटन क्याम्पसमा रिले अनशन स्थगित, चैत १६ गते स्ववियु निर्वाचन गर्ने प्रशासनको निर्णय
-
बीपी राजमार्ग पुनर्निर्माणका लागि तीन वटा प्याकेजको ठेक्का खुलाइयो
-
कुलमानलाई हटाएको भन्दै सत्ताधारी कांग्रेसकै क्षेत्रीय समितिको विरोध, दक्ष कर्मचारीको मनोबल गिराएको ठहर
-
उपेन्द्र यादव नगएपछि सत्ताधारी दलहरूको बैठक निष्कर्षबिहीन
-
गौचरन बनेको ५२ बिघामा केराखेती, हरियाली बनायो सहकारीले