मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

देउवालाई शाहीको गम्भीर आरोपः बीपीको सिद्धान्त बेचेर खानुभएछ !

आइतबार, १० चैत २०८१, २१ : १५
आइतबार, १० चैत २०८१

काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बीपीको सिद्धान्त बेचेर खाएको आरोप लगाएका छन् ।

यसअघि देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बन्न लायक नभएको भन्दै राप्रपा अध्यक्ष बन्न सुझाव दिएका थिए ।

देउवालाई जवाफ दिँदै शाहीले भनेका छन्, ‘बीपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति हुनुभएको हो माननीय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू, हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ । राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नुभएछ । त्यसो भए हजुर ३ पटक प्रधानमन्त्री राप्रपाको सभापतिसँग सपथ खाँदै बन्नुभएको हो ।

उनले ‘जसले भुइँ छोड्छ, उसको पतन निश्चित हुन्छ’ भन्ने नेपाली उखान याद गर्न समेत भनेका छन् । ‘सभापतिज्यू, यदि तपाईंसँग राजाको बारेमा कांग्रेसको धारणा के छ भनेर बुझ्न मन छ भने कांग्रेसमा चुनाव गराउन सक्नुहुन्छ, हिम्मत छ ?’ उनले सोधेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप