मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

नागढुंगामा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु

आइतबार, १० चैत २०८१, २१ : ०५
आइतबार, १० चैत २०८१

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगामा आइतबार माइक्रोबस दुर्घटना भएको छ ।

 दुर्घटनामा परेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंमा एसपी अपिल बोहराले रातोपाटीलाई बताए । मृत्यु हुनेमा करिब २६ वर्षीया सविना गुरुङ छिन् । 

चितवनबाट काठमाडौं आएको ग.१ ख ५५४६ नम्बरको माइक्रोबस रोकेको ठाउँमा आफैं अनियन्त्रित भएर दुर्घटना भएको एसपी बोहराले जानकारी दिए । दुर्घटनामा परेर ९ जना घाइते भएका छन् ।

माइक्रो चालक नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घर भएका ३० वर्षीय राजेश घले गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । 

घाइते हुनेमा चितवन घर भएकी ६८ वर्षीया तारादेवी कुमाल, भरतपुर महानगरपालिका–६ घर भएकी ४० वर्षीया अनिता थापा, उनकी १७ वर्षीया छोरी एरिसा थापा, चितवन कालिका–७ घर भएका ६ वर्षीय इसान कुमाल र सर्लाही घर भएकी २० वर्षीया कुसुम राई लगायत ९ जना छन् । 

घाइते मध्ये केही डिस्चार्ज भैसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप