मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादी रुपन्देहीको अध्यक्षमा हिराध्वज शाह निर्वाचित

आइतबार, १० चैत २०८१, २० : ५०
आइतबार, १० चैत २०८१

बुटवल । नेकपा (एकिकृत समाजवादी) रूपन्देहीको अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित भएका छन् । 

आज सम्पन्न पार्टीको १०औं जिल्ला अधिवेशनले शाहको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा अविराम विश्वकर्मा, अर्का उपाध्यक्षमा मिरा श्रेष्ठ, सचिवमा टंक प्रसाद पोख्रेल निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष फर्सुराम घिमिरेले बताए ।

यसैगरी उप–सचिवमा रामबहादुर बस्नेत, बाबुराम अर्याल र शारदा पहारी चयन भएका छन् । यसैगरी विधानले तोके अनुसारको समावेशी सदस्यहरु सहित ६७ सदस्य सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ । निर्वाचितहरुलाई निर्वाचन मण्डलको उपस्थितिमा प्रमणपत्र प्रदान गरिएको छ ।

अधिवेशनको शनिबार नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले उद्घाटन गरेका थिए । अध्यक्ष शाहले नेकपा एकिकृत समाजवादीलाई रुपन्देहीमा सशक्त पार्टीका रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए । सबै पक्षलाई मिलाएर पार्टी गतिविधिलाई अगाडि बढाउने उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप