मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

कांग्रेसले भन्यो– सिरहामा दलितको घर भत्काउने कार्य निन्दनीय

आइतबार, १० चैत २०८१, २० : २४
आइतबार, १० चैत २०८१

काठमाडौँ । नेपाली कांग्रेसले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ आयोजना गर्ने सन्दर्भमा दलित समुदायका दीपक मरिकको घर भत्काउने कार्य सामाजिक रुपमा निन्दनीय र कानूनी रुपमा दण्डनीय अपराध भएको निष्कर्ष निकालको छ । 

आइतबार बसेको केन्द्रीय कार्यासम्पादन समितिको बैठकले उक्त घटनाको घोर भत्सर्ना  गर्दै दोषी माथि कारबाही गर्न सरकारसँग माग गरेको छ । 

आजको नेपाली समाजमा जातका आधारमा छुवाछूतजन्य भेदभाव गर्नु अत्यन्तै दुःखद घटना भएको समेत कांग्रेसले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ । 
कांग्रेसले आगामी दिनमा यस प्रकारका भेदभावजन्य कार्यलाई निरुत्साहित गर्न सकारसँग आग्रह समेत गरेको छ । 

साथै, कांग्रेसले देशैभरि जातीय भेदभाव र छुवाछूतजन्य कार्यका विरुद्ध सामाजिक अभियान संचालनमा लाग्न पार्टी पंक्तिलाई आह्वान समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप