मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

बाँकेमा ट्याङ्करले ठक्कर दिँदा दुई बालकको मृत्युः  प्रहरी चौकीमा आगजनी

आइतबार, १० चैत २०८१, १९ : ४९
आइतबार, १० चैत २०८१

बुटवल । बाँकेको बेतहनीमा पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा दुई जना बालकको घटनास्थलमै मृत्यु भएको छ । 

डुडुवा गाउँपालिका–२ बेतहनी चोकमा  भे १ ख ४१०७ नम्बरको ट्याङ्करको ठक्करबाट स्थानीय विशाल गोडिया र शिवकुमार गोडियाको मृत्यु भएको हो ।

स्थानीयबासीका अनुसार दुवै जना बेतहनीको नौरीगढी एकेडेमीमा एलकेजीमा  अध्ययनरत थिए । स्कुलबाट फर्कँदै गर्दा बेतहनी चोकमा ट्याङ्करले उनीहरूलाई ठक्कर दिएको थियो । ठक्करबाट सुरुमा सडकमा लडेर चिच्याउँदै गर्दा ट्याङ्करले ब्याक गरेर मारेको स्थानीय बताउँछन् ।  

घटनापछि स्थिति तनावग्रस्त बनेको र चालकलाई कारबाहीको माग गर्दै प्रहरी चौकी बेतहनी र ठक्कर दिने ट्याङ्करमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेमा सूचना अधिकारी  यम बहादुर मल्लले  रातोपाटीलाई  बताए । उनले करिब दुई घण्टामा स्थिति नियन्त्रणमा आएको बताए ।

सो प्रहरीले दर्जनौँ सेल अश्रुग्याँस र हवाई फायर गरेको थियो । प्रहरीले चालकलाई लुकाएको भन्दै स्थानीयबासी आक्रोशित भएका थिए । प्रहरीका अनुसार दुवै जना अन्दाजी ९/१० वर्षका सहोदर दाजुभाइ हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप