उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्ने नेविसंघका नेता रावल कारागार चलान
आइतबार, १० चैत २०८१, १९ : २९

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने नेविसंघका नेता योगेन्द्र रावललाई प्रहरीले पक्राउ गरेको छ ।
रावललाई कीर्तिपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी सुधीर राज शाहीले रातोपाटीलाई बताए ।
पक्राउ लगत्तै उनलाई अदालत उपस्थित गराएर अदालतको आदेश अनुसार कारागार चलान गरिएको एसपी शाहीले जानकारी दिए । उनले भने, ‘अदालतको आदेश अनुसार उहाँलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।’
२०८१ माघ २२ मा उच्च अदालत पाटनले जिल्ला अदालतको आदेश सदर गरेर रावल सहितका प्रतिवादीहरूलाई २ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए ।
नेविसंघमा आबद्ध रावल सहितका व्यक्तिहरूले २०७७ मा त्रिवि परिसरमा चलाउनेलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुबालाई थाहै नदिई सानोबुबाले प्लेन हाइज्याक गर्नुभयो : शशांक
-
प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक भएन : प्रधानमन्त्री ओली
-
बालेनले ‘गलत भए मलाई जेल हाल’ भन्दै पेश गरेको डकुमेन्टमा के छ ?
-
कांग्रेसमा शेखर–गगनबिचको विवाद सतहमा
-
संसदीय छानबिन गर्नुपर्ने विपक्षीहरूको अडानले मधेश प्रदेशसभा बैठक अनिश्चित
-
सरकारद्वारा कुलमान हटाउने निर्णय सार्वजनिक