मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

अमृत साइन्स क्याम्पसको स्ववियुमा अनेरास्ववियुको प्यानलै विजयी

आइतबार, १० चैत २०८१, १९ : १४
आइतबार, १० चैत २०८१

काठमाडौं । अमृत साईन्स क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका रूद्रहरी पोखरेल निर्वाचित भएका छन् । 

आज सम्पन्न स्ववियु निर्वाचनको मत परिणाम अनुसार पोखरेलसहित अनेरास्ववियुको पुरै प्यानल नै निर्वाचित भएको हो । पोखरेलले ६५९ मत ल्याउदा उनमा प्रतिस्पर्धि विश्राम शर्मा पौडेलले ३६३ मत प्राप्त गरे । 

चैत ५ गतेका लागि तोकिएको निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको थियो ।अखिल क्रान्तिकारीले चैत ४ गते राति होस्टेलमा फर्जि विद्यार्थी बसिरहेको आरोप लगाउदै तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको थियो । तत्काल स्ववियु निर्वाचन गराउनुपर्ने माग राख्दै अनेरास्ववियुले अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतले निर्वाचनका बाँकी प्रकृया तत्काल अघि बढाउन आदेश जारी गरेपछि बसेको सर्वपक्षीय बैठकले आजका लागि निर्वाचनको मिति तय गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप