मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

कांग्रेसले विधानको सर्वोच्चता भूल्यो भने निरंकुशताको विरोध गर्ने हक गुमाउँछः केसी

आइतबार, १० चैत २०८१, १७ : ४६
आइतबार, १० चैत २०८१

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी विधानको सर्वोच्चता भुलेमा निरंकुशताको विरोध गर्ने हक पनि गुमाउने बताएका छन् । 

आइतबार पार्टी कार्यालय सानेपामा बसिरहेको कार्यसम्पादन समिति बैठकमा ७ बुँदे धारणा राख्दै नेता केसीले कांग्रेस अहिले दुई धारको बीचमा रहेको बताए ।

‘अहिले कांग्रेस दक्षिणपन्थी जागरणको धार र सत्ताभित्र र बाहिर ‘सत्ताभितर’ र ‘सत्ताइतर’ का वामपन्थी धारको बीचमा छ । काँग्रेसले आफ्नो मध्यमार्गी सक्रियतालाई भुल्नु नहुने भन्दै नेता केसीले लिखित धारणा राखेका थिए । उनले पार्टी विधानको सर्बोच्चता, विधि र पद्धतिलाई अपनाउन नसके निरंकुशताको विरोध गर्ने हक गुमाउने दावी गरेका छन् ।

उनले जनतामा व्याप्त निरासा, अविश्वास र असन्तुष्टिले निकास खोजिरहेको बताए । केसीले भने, ‘सडकको कोलाहल भ्रष्टाचार, कुशासन, आर्थिक अराजकता, विधिविहिनता र दण्डहिनताको एकमुष्ट जनआक्रोश हो । यो वर्तमान ब्यवस्था बिरुद्ध भन्दा पनि अवस्था बिरुद्धको आवाज हो । आक्रोशित जनतालाई आकर्षित गर्न अब भाषण र प्रतिक्रियाले मात्र पुग्दैन, यी विकृतिको कठोरताका साथ अन्त्य गर्ने युद्धस्तरीय कार्यक्रमले मात्र सम्भव छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप