प्रचण्ड सोमबार काठमाडौँ फर्किने
आइतबार, १० चैत २०८१, १७ : ४१

काठमाडौँ । आइतबार साँझ काठमाडौँ आउने भनिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार मात्र फर्किने भएका छन् । सोमबार भरतपुर महानगरपालिकाको काम साथसाथै जिल्लामा अन्य कार्यक्रम पनि रहेकाले भोलि दिउँसो काठमाडौँ आउने प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
पूर्व–पश्चिम हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियानको क्रममा शुक्रबार साँझ शीर्ष नेताहरू चितवन पुगेका थिए । अन्य नेताहरू शनिबार नै काठमाडौँ फर्किसकेका छन् ।
प्रचण्ड काठमाडौँ फर्किएपछि टिआरसी लगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओली र कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने तयारी रहेको सचिवालयले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'सरकारले वर्षौँ लगाएर लोडसेडिङ हटाएको हो, कसैको चमत्कारले होइन'
-
सरकारद्वारा कुलमान हटाउने निर्णय सार्वजनिक
-
बबिनाको गजल ‘मदहोस’ सार्वजनिक
-
देशमा उत्पादन भएको ८८ प्रतिशतभन्दा बढी चिया निर्यात
-
रोनाल्डोले उम्मेदबारी त्यागेपछि ब्राजिलियन फुटबल महासंघको अध्यक्षमा रोड्रिग्स पुनःनिर्वाचित
-
‘चीनले संसारलाई चकित पार्ने विकास गरिसक्यो, छिमेकी भएर पनि हामीले फाइदा लिन सकेनौँ’