मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय
शिक्षा

शिक्षकहरूको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय

आइतबार, १० चैत २०८१, १७ : १६
आइतबार, १० चैत २०८१

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई प्रदान गर्दै आएको मोडल परिवर्तन गर्ने भएको छ । हाल प्रदान गर्दै आएको तालिमको मोडल अनुसार शिक्षकहरूलाई पर्याप्त नभएको ठहर गर्दै शिक्षा मन्त्रालयको उनीहरूलाई प्रदान गर्ने तालिमको मोडल परिवर्तन गर्न लागेको हो । 

त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक तयारी गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । शिक्षा पत्रकार समूहले तयार पारेको प्रतिवेदन बुझ्न आयोजित कार्यक्रममा शिक्षामन्त्री विद्या भट्टराईले शिक्षकलाई प्रदान गर्दै आएको तालिमको मोडल परिवर्तन गर्न लागिएको बताइन् । 

तालिमका लागि बजेट पनि तल जान्छ । प्रदेशमा तालिम पनि हुन्छ । तर, तालिमको प्रभावकारिता छैन । तालिम परम्परागत मोडलका छन् । यो मोडल परिवर्तन गर्नुपर्छ भनेर शिक्षकहरूको सर्भे गरिरहेका छौँ । सर्भे पछाडि शिक्षकहरूसँग राष्ट्रियस्तरमा नेश्नल पोलिसी डायलग गर्छौ । त्यो डायलगपछि तालिमको मोडालिटीको छिनोफानो गर्छौ,’ मन्त्री भट्टराईले भनिन् । 

त्यो कामको सुरुवात गरिएको बताउँदै चाडै नै शिक्षकहरूलाई प्रदान गरिने तालिमको मोडालिटी तयार हुने बताइन् ।  अब शिक्षक भनेको शिक्षक नै हुनुपर्ने उनको भनाइ छ । पेसागत दायित्व पुरा गरेर अघि बढ्नुपर्ने बताउँदै अब राजनीतिकतिर भन्दा पनि आफ्नो जिम्मेवारीमा ध्यान दिन आग्रह गरिन् । 

शिक्षकहरूको चेतनालाई पेशासँग, ज्ञानलाई पेशासँग जोड्न खोजिएको बताइन् । पेसालाई मर्यादित बनाउन नसक्दासम्म समाजलाई प्रतिस्पर्धी बनाउन नसकिने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप