इजरायलद्वारा गाजामा स्थलगत आक्रमण

जेरुसेलम । इजरायली सेनाले गाजामा आइतबार स्थलगत अभियान चलाएको छ । हमास शासित क्षेत्रमा भएको आक्रमणको करिब एक हप्तापछि रफाहा शहरमा भएको आक्रमणबाट भाग्न सेनाले प्यालेस्टिनीहरूलाई आग्रह गरेको छ ।
लेबनानमा भएको घातक आक्रमण र यमनबाट क्षेप्यास्त्र प्रहार भएपछि इजरायली सेनाले गाजाका केही भागमा पुनः आफ्नो सैन्य बल तैनाथ गरेको हो । इजरायली सेनाले जनवरीमा युद्धविरामलाई पुनर्जीवित गर्न आह्वान गरे पनि पछिल्लो चेतावनी जारी गरिएको हो ।
सैनिक प्रवक्ता अविचय अद्राईले एक्समा जारी गरेको वक्तव्यमा सेनाले दक्षिणी शहर रफाहा एक जिल्लामा ‘आतङ्कवादी सङ्गठनहरूमाथि आक्रमण सुरु गरेको’ बताएका छन् ।
अन्तरर्राष्ट्रय समाचार एजेन्सीहरुका अनुसार ड्रोनबाट उक्त क्षेत्रमा खसालिएका पर्चामा पनि अद्राईले प्यालेस्टिनीहरूलाई ताल अल–सुल्तान जिल्लाको ‘खतरनाक लडाकू क्षेत्र’ छोडेर उत्तरतर्फ जान आह्वान गरेका छन् ।
दक्षिणी गाजाको मुख्य शहर खान युनिसको एक परोपकारी भान्साघरमा १९ वर्षीया इमान अल–बर्दाविलले धेरै विस्थापित प्यालेस्टिनीहरूले ‘खानको लागि सङ्घर्ष गरिरहेको बताए । ‘हामी रमजानको महिनामा छौँ । यो एक पवित्र महिना हो र मानिसहरू शरणार्थीका रूपमा यहाँ आउन बाध्य छन्,’ आफूले वरपर देखेको पीडाप्रति दुःख व्यक्त गर्दै बर्डाविलले भने, ‘म यहाँ बच्चाहरूका लागि चामल लिन आएको हुँ, तर त्यो काम नगरिकन भाग्न बाध्य बनेको छु,’ बार्दविलजस्तै उत्तरी गाजाबाट आफ्नो घर छोडेर भागेका सैद अबु अल–जिदयानले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’