भिटामिन डीको कमीले बढाउँछ क्यान्सरको खतरा ?

काठमाडौँ । भिटामिन डी हड्डीको स्वास्थ्य, प्रतिरक्षा प्रणालीको कार्य र हाम्रो शरीरको समग्र स्वास्थ्य कायम राख्न आवश्यक मानिन्छ । तर यसको कमीले केही प्रकारको क्यान्सर निम्त्याउन सक्ने अनुसन्धानले देखाएको छ । तर, यो सम्बन्ध प्रत्यक्ष छैन र विभिन्न अध्ययनहरूमा निष्कर्षहरू फरक–फरक आएका छन् ।
टीओआईमा छापिएको एक समाचारका अनुसार भिटामिन डीको कमीलाई पनि क्यान्सरको कारण मान्न सकिन्छ । धेरै अध्ययन र अनुसन्धानमा यी दुई कुरालाई एक अर्कासँग जोडिएको छ ।
समग्र स्वास्थ्यको लागि भिटामिन डीको पर्याप्त स्तर कायम राख्नु महत्त्वपूर्ण छ भनी स्वास्थ्य विशेषज्ञहरूले सल्लाह दिन्छन् । यस्तो भयो भने निश्चित प्रकारको क्यान्सरको जोखिम कम हुन सक्छ ।
तर, भिटामिन डी सप्लिमेन्टहरू अत्यधिक सेवनले हानी पनि पुर्याउन सक्छ । त्यसैले यस्ता सप्लिमेन्टको प्रयोग गर्नु अघि डाक्टरसँग परामर्श लिनुपर्छ । भिटामिन डीको स्तर कायम राख्ने सबैभन्दा राम्रो तरिका भनेको सन्तुलित आहार खानु, नियमित रूपमा घामको किरणमा बस्ने र स्वस्थ जीवनशैली अपनाउने नै हो ।
शरीरमा स्वस्थ कोषहरूलाई कायम राख्न भिटामिन डीले महत्त्वपूर्ण भूमिका खेल्छ । यसले कोशिकाको वृद्धिलाई नियमित गर्छ, प्रतिरक्षा कार्यलाई टेवा दिन्छ, र सुन्निएको पनि कम गर्छ । यी सबै क्यान्सर रोकथाममा महत्त्वपूर्ण छन् । पर्याप्त भिटामिन डी स्तरले यी क्यान्सरहरूको जोखिम कम गर्न मद्दत गर्न सक्छ ।
भिटामिन डीको उच्च स्तर भएका व्यक्तिहरूमा कोलोरेक्टल क्यान्सरको जोखिम कम हुन सक्ने कयौँ अनुसन्धान र अध्ययनहरूले देखाएका छन् ।
कयौँ अध्ययनले स्तन र फोक्सोको क्यान्सरलाई भिटामिन डीको कमीसँग जोडेका छन् । तर यसबारे कुनै बलियो अनुसन्धान भएको छैन । यो अझै पनि अनुसन्धानको विषय हो । यसबाहेक, केही अनुसन्धानमा प्रोस्टेट र प्यान्क्रियाटिक क्यान्सर पनि भिटामिन डीसँग जोडिएको पाइएको छ । तर शरीरमा भिटामिन डी को स्तर उच्च भएमा जोखिम बढ्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएलाबाट तेल किन्ने देशमाथि २५ प्रतिशत अतिरिक्त महसुल लगाउने ट्रम्पको घोषणा
-
कुलमानलाई हटाएको विरोधमा प्रदर्शन : बानेश्वरमा धकेलाधकेल, तस्बिरहरू
-
राजा ल्याउने माहोल बनाउन तीन दल नै लागेको सिके राउतको आरोप
-
युनिफिकेशन चर्च विघटन गर्ने जापानी अदालतको आदेश
-
ललितको कीर्तिमानी प्रदर्शनसँगै पुलिस क्लबको लगातार आठौँ जित
-
नेपालको यू–१९ टोलीले दिल्लीको यू–१९ टोलीलाई हरायो