विपक्षी नेता इमामोग्लु पक्राउबारे यसो भन्छन् टर्कीका राष्ट्रपति एर्दाेगन

तेल अभिभ । टर्कीमा इस्तानबुलका मेयर तथा विपक्षी नेता एकराम इमामोग्लुलाई औपचारिक रूपमा पक्राउ गरिएको छ । उनीमाथि भ्रष्टाचारको आरोप लागेको छ । तर, इमामोग्लुले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । इमामोग्लु राष्ट्रपति रेसेप तैयप एर्दाेगनका राजनीतिक विरोधी हुन् । उनलाई गत बुधवार हिरासतमा लिइएको थियो ।
विपक्षी दलले उनलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा चयन गर्नुभन्दा केही दिन अघि मात्र उनी पक्राउ परेका थिए । इमामोग्लुको गिरफ्तारीपछि उनका समर्थकहरू सडकमा उत्रिए । विगत चार दिनदेखि देशका धेरै भागहरूमा विरोध प्रदर्शनहरू चर्किएका छन् । एर्दाेगनले यी विरोध प्रदर्शनहरूको आलोचना गरेका छन् ।
इमामोग्लुको रिपब्लिकन पिपुल्स पार्टीलाई देशमा अशान्ति फैलाएको र मानिसहरूलाई विभाजन गरेको आरोप समेत उनले लगाएका छन् । टर्कीमा आतङ्कवादको लागि कुनै ठाउँ नभएको एर्दाेगनले आफ्नो कार्यालयबाट जारी गरिएको सन्देशमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’
-
१० बजे १० समाचार : देउवाको साथ पाएपछि गर्जिए ओली, आमाको मुख हेर्ने दिन आमाकै कसम खाए रवीन्द्र मिश्रले