मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

एउटै अण्डा बिक्यो ७४ हजार रुपैयाँभन्दा बढीमा, के छ खास ?

आइतबार, १० चैत २०८१, १६ : ४१
आइतबार, १० चैत २०८१

लन्डन । इङ्ग्ल्याण्डमा एउटै अण्डा ४२० पाउण्ड स्टर्लिङ (आइतबारको विनिमय दर अनुसार ७४ हजार ६२१ रुपैयाँ ४० पैसा नेपाली)मा बिक्री भएको छ । उक्त अण्डा लिलाम बढाबढमा बिक्री भएको हो ।

एलिसन ग्रीन नाम गरेका कारोबारीले उक्त अण्डा लिलाम बिक्रीका लागि राखेका थिए । उनलाई उक्त अण्डा अनौठो लाग्यो । अण्डा अनौठो लाग्दो नै थियो । किनकि, यो सामान्य अण्डाभन्दा फरक आकृतिको थियो ।

सामान्यता अण्डा गोलो आकारको हुँदैन । तर, उनले गोलाकार भएको अण्डा फेला पारेका थिए । यस प्रकारको अण्डा अरबौँमा मुस्किलले एउटा फेला पर्ने बताइन्छ ।

ग्रीनले उक्त अण्डाको लिलाम बिक्रीबाट प्राप्त भएको रकम एउटा परोपकारी संस्थालाई दिएका छन् । उक्त संस्थाले यौन हिंसा र दुर्व्यवहार पीडितका लागि काम गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप