एउटै अण्डा बिक्यो ७४ हजार रुपैयाँभन्दा बढीमा, के छ खास ?
आइतबार, १० चैत २०८१, १६ : ४१

लन्डन । इङ्ग्ल्याण्डमा एउटै अण्डा ४२० पाउण्ड स्टर्लिङ (आइतबारको विनिमय दर अनुसार ७४ हजार ६२१ रुपैयाँ ४० पैसा नेपाली)मा बिक्री भएको छ । उक्त अण्डा लिलाम बढाबढमा बिक्री भएको हो ।
एलिसन ग्रीन नाम गरेका कारोबारीले उक्त अण्डा लिलाम बिक्रीका लागि राखेका थिए । उनलाई उक्त अण्डा अनौठो लाग्यो । अण्डा अनौठो लाग्दो नै थियो । किनकि, यो सामान्य अण्डाभन्दा फरक आकृतिको थियो ।
सामान्यता अण्डा गोलो आकारको हुँदैन । तर, उनले गोलाकार भएको अण्डा फेला पारेका थिए । यस प्रकारको अण्डा अरबौँमा मुस्किलले एउटा फेला पर्ने बताइन्छ ।
ग्रीनले उक्त अण्डाको लिलाम बिक्रीबाट प्राप्त भएको रकम एउटा परोपकारी संस्थालाई दिएका छन् । उक्त संस्थाले यौन हिंसा र दुर्व्यवहार पीडितका लागि काम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्रलाई समेत नजरबन्द वा पक्राउ गर्न खोजिएको भन्दै सुवेदीले निकाले यस्तो विज्ञप्ति
-
कमेडियन कुणाल कामरालाई राहत, अदालतले दियो अन्तरिम अग्रिम जमानत
-
फरार दुर्गा प्रसाईंको खोजी तीव्र, प्रहरीका ३ युनिट खटिए
-
बागमती सफाइ महाअभियान ६२० औँ हप्तामा, नदीको प्रदूषण जस्ताको त्यस्तै (तस्बिरहरू)
-
ग्रीनल्याण्ड पुगेर डेनमार्कमाथि खनिए भान्स, आत्मनिर्णयको अधिकार लिन आह्वान
-
म्यानमार र थाइल्याण्डपछि अफगानिस्तानमा लगातार भूकम्प