राष्ट्रियसभाबाट सहकारीसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
आइतबार बसेको राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकउपर बैठकमा छलफल भएपछि बहुमतबाट स्वीकृत गरेको हो ।
त्यसअघि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सहकारी मन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यका साथ विधेयक ल्याइएको बताए । सहकारी पीडितहरूले समेत लामो समयदेखि आन्दोलन गरिरहेको अवस्थामा सबैलाई सम्बोधन गर्नका लागि कानुन आवश्यक रहेकाले विधेयक आवश्यक परेको उनको भनाई थियो ।
मन्त्री अधिकारीले तत्कालका समस्या समाधान गर्न विधेयक ल्याएको भन्दै यसमा रहेका अपूर्ण विषयहरूलाई सम्बोधन पूर्ण बनाउने प्रतिबद्धता जनाए । उनले सहकारी क्षेत्रका समस्या समाधान गर्नुपर्छ भन्नेमा सरकार गम्भीर रहेको बताए ।
त्यसअघि छलफलमा भाग लिँदै सदस्यहरूले पूर्णरुपमा छलफल गरेर विधेयक आउन सके उचित हुने धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा