मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

नदीमा बेपत्ता भएका भारतीय नागरिक पाँच दिनपछि मृत भेटिए

आइतबार, १० चैत २०८१, १५ : ४४
आइतबार, १० चैत २०८१

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको बगनासकाली  गाउँपालिका वार्ड ५ कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर पाँच दिनअघि बेपत्ता भारतीय नागरिक आइतबार मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको उत्तर प्रदेश गोरखपुर घर भएका २५ वर्षीय शिवम् पाण्डे नुहाउने क्रममा बुधवार दिउँसोदेखि बेपत्ता भएका थिए । पाल्पाको बगनासकाली गाउँपालिका–५, राम्दी स्थित काली गण्डकी नदीमा नुहाउने क्रममा पाण्डेय बेपत्ता भएका पाण्डेको शव राम्दी घाटदेखि झन्डै एक किलोमिटर तल्लो भागमा बगेको अवस्थामा भेटिएको  हो । 

पोखराबाट घुमेर घर फर्किएका पाण्डेसहित ४ जना काली गण्डकीमा नुहाउन गएकामा पाण्डेय डुबेर बेपत्ता भएको प्रहरीले बताएको छ । शवलाई जिल्ला अस्पताल पाल्पा  पठाएको छ । प्रहरीले घटनाको बारे थप अनुसन्धान सुरु भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप