नाबालिग पिताको सन्तानको आमा बनेको खुलासापछि आइसल्याण्डकी शिक्षा मन्त्रीले दिइन् राजीनामा

रेक्याभिक । आइसल्याण्डकी बालबालिका तथा शिक्षा मन्त्री आस्थिलदुर लोआ थोरसडोटिरले पदबाट राजीनामा दिएकी छिन् ।
तीन दशक पुरानो कुरा सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएकी हुन् । आफू २२ वर्षकी हुँदा १५ वर्षको केटासँग आफ्नो सम्बन्ध रहेको र सो सम्बन्धबाट आफूहरूको एउटा बच्चा भएको उनले हालै स्वीकार गरेकी थिइन् । यो खबर बाहिरिए लगत्तै देशभरमा हंगामा मच्चियो ।
थोरसडोटिरले जुन केटासँग सम्बन्ध बनाएकी थिइन्, ती केटा एउटा चर्च समूहसँग सम्बन्धित थिए । उक्त चर्चमा थोरसडोरिट सल्लाहकारको रूपमा काम गर्थिन् । रिपोर्टका अनुसार त्यतिबेला केटाको उमेर १५ वर्षको थियो । केही समयपछि केटा बच्चाको बुबा बन्यो । १६ वर्षको उमेरमा उसलाई बच्चाको जिम्मेवारी दिइयो ।
दुईबीचको सम्बन्धलाई लुकाएर राखिएको थियो । शुरुमा शुरुमा उनलाई आफ्नो बच्चालाई भेट्न अनुमति दिइएको थियो ।
तर बच्चा केही ठूलो भएपछि उनलाई भेट्नबाट रोक लगाइयो । १८ वर्षसम्म बच्चाको पालनपोषणको खर्च भने थोरसडोटिरले बच्चाको पितालाई बेहोर्न बाध्य बनाएको बताइएको छ । आइसल्याण्डमा सहमतिमा यौन सम्पर्कका लागि १५ वर्षलाई कानुनी उमेर मानिन्छ । तर नाबालिगको अभिभावकत्व वा सल्लाहकारको पदमा रहेको वयस्कले यस्तो गरेको खण्डमा यसलाई अपराध मानिन्छ । यस्तोमा चर्चसँगको सम्बन्धका कारण यो मामिला झनै जटिल बनेको छ ।
मन्त्री पद छाडेपछि, सांसद पद रहने
केटाले आफूलाई पीडित ठानेनन् । तर, सानै उमेरमा बच्चाको भरणपोषणको खर्च उठाउन आफूलाई निकै कठिन भएको उनले बताए । चर्चबाट उनले केही भरथेग पनि पाए । यो कुरा बाहिरिएपछि थोरसडोटिरमाथि दबाब बढ्यो । उनले बिहीबार अचानक आफ्नो पदबाट राजीनामा दिइन् । यद्यपि उनी सांसद रहिरहनेछिन् । आइसल्याण्डका प्रधानमन्त्री क्रिस्टुन फ्रोस्टडोटिरले यस मामिलालाई दुर्भाग्यपूर्ण बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’