सेयर बजारमा ५३ अंकको ‘पहिरो’, बढेको कारोबारले देखायो आशा

काठमाडौँ । साताको पहिलो दिन सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ५३.०४ अंकले घटेर २६१६.२६ अंकमा आइपुगेको हो । बजारमा आज ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो । योसँगै लगातार छैटौं दिन घटेको छ । बीचमा सामान्य अंकले बढे पनि त्यसअघि लगाता ७ कारोबार दिनसम्म बजार घटेको थियो ।
आज बजारमा २४३ वटा सेयर स्क्रिपमध्ये २३० वटाको मूल्य घटेको छ भने १३ वटाको मूल्य बढेको छ । आज बजारमा सबैजसो समूहका शेयरमा समान प्रभाव देखिएको छ । कुल तेह्रवटा समूहमध्ये ८ वटा समूहको मूल्य २ प्रतिशत भन्दा धेरैले घटेको देखिन्छ । म्युचुअल फण्ड समूहमा भने एक प्रतिशत भन्दा कमको गिरावट देखिएको छ ।
उच्च गिरावटका बाबजुद आज मिथिला लघुवित्तको शेयरमूल्यमा मात्रै नकारात्मक सर्किट लागेको छ । यसबाहेक थप १० वटा शेयरको मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको नेप्सेको तथ्यांक छ । आज सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनी कुथेली भुकारी स्मल हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको सेयर मूल्य ८.७२ प्रतिशतले घटेको देखिन्छ । अरु सबै कम्पनीको वृद्धिदर ४ प्रतिशत भन्दा कम छ ।
कारोबार रकमका आधारमा आज पनि कारोबारका आधारमा हिकालयन रिइन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि रह्यो । एनआरएन इन्फास्ट्रक्चर र नेपाल पुनर्बीमा कम्पनी त्यसपछि क्रमशः रहेका छन् । कारोबार संख्यामा समेत हिमालयन रिइन्स्योरेन्स पहिलो रहँदा कारोबार भएको शेयर संख्यामा घलेम्दी हाइड्रोपावर अगाडि देखिएको छ ।
आज बजारको उच्च गिरावटका बाबजुद कारोबारमा आएको सुधारले बजारमा केही आशा भने देखाएको छ । पछिल्लो साता औसत ५ अर्ब रुपैयाँ मात्रै कारोबार भएको सेयर आज सवा ६ अर्ब रुपैयाँ माथि पुगेको छ । बजार घट्दा कारोबार बढ्नुले घट्दो मूल्यको फाइदा उठाएर बजारमा लगानीकर्ता प्रवेश गरेको रुपमा हेर्ने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंकद्वारा सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना
-
नेपाली बजारमा जेडटीईको पुनरागमन, ब्लेड ए र नुबिया सिरिजका ५ वटा मोडल सार्वजनिक
-
एकीकृत समाजवादीका नेता कोइरालाको निधनप्रति पूर्वप्रधानमन्त्री खनालद्वारा दुःख प्रकट
-
वातावरणीय प्रभाव मूल्यांकनबारे आम जनमानसको बुझाइ र वास्तविकता
-
ट्रक आफै अनियन्त्रित भई त्रिशूलीमा खस्यो
-
बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा