अक्टोबर ७ को हमलापछि बढ्यो मिलिट्री ट्रेन्ड कुकुरको माग

तेल अभिभ । अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि इजरायलले विश्वभर बसोबास गर्ने यहूदीहरूको सुरक्षाको लागि बन्दोबस्त मिलाएको छ । इजरायली नागरिकहरू पनि आफ्नो सुरक्षाको व्यवस्था गर्न लागि परेका छन् । यसका लागि इजरायल प्रोटेक्शन के ९ को मिलिट्री ट्रेन्ड कुकुरहरूको माग बढेको छ ।
इजरायली सञ्चार माध्यमहरुका अनुसार विश्वभर ट्रेन्डी आक्रमणकारी कुकुरहरूको मागमा वृद्धि भएको छ । यहूदी विरोधी भावना बढ्दै गइरहेको समयमा आफ्नो सुरक्षामा यस समुदायका मानिसहरूले लाखौं करोडौं खर्च गरिरहेका छन् ।
इजरायली सेनाको के९ युनिटले विस्फोटक पदार्थ पत्ता लगाएर हजारौंको ज्यान बचाएको छ । हालसम्म इजरायली सेनाका २४ के ९ कुकुरहरूले यस्ता अपरेशनमा ज्यान गुमाइसकेका छन् ।
लाखौं डलरमा बिक्री भइरहे छन् कुकुर
रिपोर्टका अनुसार, पहिलेका सुरक्षा कुकुरहरू लगभग ३० हजार डलरमा बेचिन्थे । माग बढेसँगै तिनीहरूको मूल्य पनि आकाशिएको छ । अब यी कुकुरहरू ७५ हजारदेखि १ लाख २५ हजार डलरसम्म बिक्री भइरहेका छन् ।
यी कुकुर किन्ने अधिकांश मानिस इजरायली हुन् । पहिले यो कम्पनीले वर्षमा ५ देखि १० वटा कुकुर मात्र बेच्न सक्थ्यो । यस वर्षको अहिलेसम्मको अवधिमै कम्पनीले २० भन्दा बढी कुकुरहरू आफ्ना नयाँ मालिकलाई पठाइसकेको वा पठाउने क्रममा रहेको छ । अहिले कम्पनीले ४५ वटा कुकुरहरूलाई सैन्य तालिम दिइरहेको छ । यी कुकुरहरूलाई लगभग १८ महिनासम्म तालिम दिइन्छ र त्यसपछि खरिदकर्ताहरूलाई हस्तान्तरण गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यूजिल्याण्डमा भूकम्पको शक्तिशाली धक्का
-
८ वर्षमा सम्पन्न हुनुपर्ने हुलाकी राजमार्गको भौतिक प्रगति १६ वर्षमा ७० प्रतिशत
-
'कुलमान नेपाली कुलकै उज्यालो हुन्, अन्धकार बनाउन हुँदैनथ्यो'
-
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
आज दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै