मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

सांसद चन्दको प्रश्न: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो

आइतबार, १० चैत २०८१, १५ : १२
आइतबार, १० चैत २०८१

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद रेनु चन्दले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानुन नबनेको भन्दै सरकारसँग जवाफ माग गरेकी छन् । 

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो ? भन्दै प्रश्न गरेकी हुन् । उनले राष्ट्रिय सभाले पास गरेर पठाएको लामो समय भइसक्दा समेत विधेयकले कानुनी रूप नलिएको भन्दै सरकारसँग जवाफ माग गरे । 

उनले भनिन्, ‘सम्माननीय अध्यक्ष महोदय, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो ? सरकारले जानकारी दिनुपर्‍यो । राष्ट्रिय सभाले पास गरेर उहिल्यै पठाएको विधेयक अहिलेसम्म पनि कानुनमा किन गइरहेको छैन ? सरकारको जवाफ माग्दछु ।’

उनले बैतडीको पाटनस्थित विमानस्थल सञ्चालन गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप