६६ लाख ५९ हजारले लिए स्थायी लेखा नम्बर, सात महिनामै ४ लाख २६ हजार करदाता थपिए

काठमाडौँ । करको दायरा दिनप्रतिदिन बिस्तार हुँदै गएको छ । अर्थ मन्त्रालयलकाअनुसार चालु आर्थिक वर्षको माघसम्म ४ लाख ३३ हजार करदाता थपिएका छन् ।
आर्थिक वर्ष २०८०÷८१ को माघसम्ममा कुल ४ लाख २६ हजार ३ सय ३० स्थायी लेखा नम्बर लिएका करदाता थप भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा कुल ४ लाख ३३ हजार ७ सय ३ करदाता थप भएका छन् ।
मन्त्रालयकाअनुसार स्थायी लेखा नम्बर लिएका करदाताको संख्या ६६ लाख ५९ हजार ८ सय ३६ पुगेको छ । यस अवधिमा दर्ता भएका कुल स्थायी लेखा नम्बरमा व्यावसायिक स्थायी लेखा नम्बर, करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर र व्यक्तिगत स्थायी लेखा नम्बरको अनुपात क्रमशः ३०.२ प्रतिशत, ०.५ प्रतिशत र ६९.३ प्रतिशत रहेको छ ।
समीक्षा अवधिसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता ३ लाख ४१ हजार ७ सय १६ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख २३ हजार १ सय ३२ पुगेको छ ।
गत जेठ १५ मा तत्कालिन अर्थमन्त्री वर्षमान पुनले २०८१÷८२ को बजेटमार्फत तर्जुमा गरेको राजश्व नीति र कार्यक्रममा राजश्व प्रणालीमा सुधार गरी मुलुकभित्र आर्थिक क्रियाकलाप बिस्तार, लगानी प्रवद्र्धन र स्वदेशी उत्पादन एवं उद्यमलाई प्राथमिकता र प्रश्रय दिने, राजश्वको दायरा बिस्तार र कराधार संरक्षण गर्दै दिगो, पारदर्शी एवं समन्यायिक राजश्व प्रणाली विकास गर्ने, करदाता शिक्षा र सचेतनामूलक कार्यक्रमको माध्यमबाट करको दायरा विस्तार एवं कर परिपालना अभिवृद्धि जाने घोषणा गरेका थिए ।
बजेटपछि करदाताको संख्या उल्लेख्य बढेपनि सरकारको आम्दानी उत्साहजक तवरले बढ्न सकेको छैन । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा चैत्र ८ सम्म लक्ष्यको ५१ प्रतिशत अर्थात ७ खर्ब ३७ अर्ब मात्रै संकलन गरेका महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउछ । यो अवधीसम्म सरकारको बजेट घाटा १ खर्बमाथि उक्लिसकेको तथ्यांकले देखाउछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ
-
भक्तपुरमा बसको ठक्करबाट पार्किङमा राखिएका १० वटा दुईपांग्रे सवारीमा क्षति
-
गृहमन्त्रीले गराए कान्छारामलाई बर्खास्तीको जानकारी
-
उपप्रधानमन्त्री सिंह र भारतीय सहरी मामिला मन्त्रीबिच भेटवार्ता
-
रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने तयारी
-
ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङ बर्खास्त