मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

मन्त्रालय र प्राधिकरणबीचको विवादबाट नेपालसँग पर्याप्त बिजुली नभएको स्पष्ट भयोः अध्यक्ष कार्की

आइतबार, १० चैत २०८१, १४ : ५७
आइतबार, १० चैत २०८१

काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालसँग पर्याप्त बिजुली नरहेको बताएका छन् ।

आईतवार काठमाडौंमा अयाोजित कार्यक्रममा बोल्दै उनले अहिले पनि उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय र विद्युत प्राधिकरणबीभको विवादलाई हेर्दा पनि नेपालसँग पर्याप्त बिजुली नरहेको स्पष्ट भएको बताए । उनले अहिले पनि नेपालमा लोड सेडिङ हुन्छ की हुँदैन भनेर विवाद गर्नु भनेको पर्याप्त बिजुली नरहेको बताए । कार्की घरमा मात्र नभइ उद्योग क्षेत्रमा पनि पर्याप्त बिजुली दिनका लागि नेपालसँग पर्याप्त बिजुली नरहेको स्पष्ट भएको बताए । उद्योग क्षेत्र रजलविद्युत क्षेत्र चल्नको लागि उत्पादनमा बढी जोड दिनुपर्ने बताए । उनले जलविद्युतमा लगानीकर्ताहरु दिनप्रतिदिन बढिरहेको बताए। २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने सरकारको लक्ष्यअनुसार काम अघि बढ्नुपर्नेमा जोड दिए । जलविद्युत क्षेत्रमा लगानी बढाएर काम गर्नसके नेपालमै काम गर्न सकिन्छ भन्ने सन्देश दिन सकिने बताए । 

अध्यक्ष कार्कीले २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने कुरामा आफूहरु अघि बढिरहेको बताउए । उनले यसका लागि करिव २० वटा सुझाव आफूहरुले पनि सरकारलाई दिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप