बसिर अहमदको उत्कृष्ट अर्धशतकसँगै आर्मी क्लबको सातौँ जित, लुम्बिनी प्रदेशलाई १३१ रनले हरायो

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सातौँ जित हात पारेको छ । आर्मी क्लबले आइतबार भैरहवास्थित सिद्धार्थ रंगशालामा खेलिएको खेलमा लुम्बिनी प्रदेशलाई एक सय ३१ रनको फराकिलो अन्तरले हराएको हो ।
जारी प्रतियोगितामा हालसम्म आठ खेल खेलेको आर्मी क्लबले सात जित र एक हारको नतिजा निकालेको छ । आठ खेल खेलेको लुम्बिनी प्रदेशको भने यो चौथो हार हो । लुम्बिनी प्रदेश आफूले खेलेको चार खेलमा भने विजयी भएको छ ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको आर्मी क्लबले ४९.२ ओभरमा अलआउट हुनुअघि दुई सय ४३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले २७.१ ओभरमै अलआउट हुनुअघि एक सय १२ रनमात्र बनाउन सक्यो ।
आर्मी क्लबको जितमा बसिर अहमदले ८६ रनको योगदान गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले एक सय चार बलको सामना गरी ६ चौका पनि हिर्काए । पाँचौँ नम्बरका ब्याट्सम्यान भीम सार्कीले पनि टोलीको खातामा ४४ रन थपे । उनले ५३ बलमा एक छक्का र एक चौका हिर्काए ।
आर्मी क्लबले ४४ रनको कुल स्कोरमा तीन विकेट गुमाएको थियो । त्यसपछि बसिर अहमद र भीम सार्कीले टोलीको स्कोरलाई एक सय २५ रनको स्थितिसम्म पुर्याएका थिए । ओपनर ब्याट्सम्यान तृतराज दासले पनि ३१ रन बनाए ।
तृतराजले ३९ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए । अर्का ओपनर सन्तोष कार्की भने एक रनमै पेभेलियन फर्किए । सोमपाल कामीले २५ बलमा चार चौकाको मद्दतले २८ रन बटुले । कुशल मल्लले पनि १७ रन जोडे ।
लुम्बिनी प्रदेशका बलर अजय चौहानले चार विकेट लिए । उनले १० ओभरमा ४७ रन खर्चिए । लुम्बिनी प्रदेशले सात बलर प्रयोग गरेकोमा सबैले विकेट लिए । कृष्ण कार्की, निर्मल गुरुङ, रमेश कुर्मी, बिप्रसन केसी, नर सार्की र देव खनालले पनि एक–एक विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेशका लागि कप्तान देब खनालले ३७ रन बनाए । ओपनर देबले ४६ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए । लुम्बिनी प्रदेशका अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन् ।
मनिष थापाले १३, बिप्रसन केसीले १३, नर सार्कीले १२ र निर्मल गुरुङले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनी प्रदेशले अतिरिक्त रूपमा पनि १२ रन पायो ।
आर्मी क्लबका बलर साहब आलम एक्लैले चार विकेट लिए । उनले ९.१ ओभरमा दुई मेडन राख्दै २५ रन खर्चिए । नरेश साउदले दुई तथा सोमपाल कामी, आकाश चन्द र बसिर अहमदले एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
-
औद्योगिक क्षेत्रमा ‘१२ घण्टे लोडसेडिङ’को आरोप लगाएर कुलमानलाई हानियो कारबाहीको डण्डा
-
‘क्याबिनेटले स्वीकृत गरेपछि रूख काट्दा पनि पक्राउ पुर्जी जारी भएको छ’
-
यातायात कार्यालय विराटनगरबाट बिचौलिया काम गर्ने १२ जना पक्राउ
-
जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची