पर्सामा एसईई परीक्षामा अमर्यादित काम गरेको भन्दै केन्द्राध्यक्षसहित पाँच जना पक्राउ, केन्द्रको टीम नै बर्खास्त गर्ने तयारी

वीरगञ्ज । पर्सामा एसईई परीक्षा केन्द्रमा अमर्यादित काम गरेको भन्दै पाँच जना पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिकाको सुर्जीदेबी माध्यममिक विद्यालयलमा परीक्षाको मर्यादा विपरीत कार्य गरेको भन्दै केन्द्राध्यक्षसहित पाँच जना पक्राउ परेको जनाइएको छ ।
अनुगमनका क्रममा परीक्षा समन्वय समितिको टोलीले पाँचैजनालाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । उनका अनुसार सो सेन्टरमा परीक्षाको मर्यादाविरीत काम भइरहेको देखिएपछि सबैलाई नियन्त्रणमा लिइएको हो ।
पाँचै जनालाई अहिले प्रहरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको परीक्षा समन्वय समितिले जनाएको छ । सेन्टरबाट परीक्षाको मर्यादाविपरीत काम भइरहेको पाइएपछि जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्रको सबै टीम नै परिवर्तन गर्ने तयारीसमेत गरेको छ ।
प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘अनुगमनमा जाँदा त्यहाँको गतिविधि ठीक थिएन, त्यहीकारण तत्कालै केन्द्राध्यक्षसहित पाँचजनालाई नियन्त्रणमा लियौं । अब चार बजे बैठक बसेर सबै टीम नै परिवर्तन गर्ने तयारी गरेका छौं ।’
तर पक्राउ परेकाहरुको नाम भने गोप्य राखिएको र बेलुका बैठकपछि सार्वजनिक गर्ने तयारी गरिएको जनाईएको छ । पर्सामा एसईई परीक्षालाई मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालयले लगातार बैठक, छलफल तथा अनुगमनको कार्यलाई तिब्रता दिएको छ ।
परीक्षा सुरु हुनु अगावै प्रजिअले सबै सरोकारवालासँग छलफल गरी परीक्षालाई मर्यादित बनाउनमा सहयोग गर्न आग्रह गरेका थिए ।
बैठकमा उनले उत्कृष्ट काम गर्ने केन्द्रलाई १० हजारको नगद पुरस्कार दिने घोषणा समेत गरेका थिए । आज तेस्रो दिन अनिवार्य गणित विषयको परीक्षा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्राधिकरण अगाडि कुलमान समर्थक र प्रहरीबिच घम्साघम्सी, तस्बिरहरू
-
मुख्यमन्त्री सिंहको निर्देशन अटेरी गर्ने साह पक्राउ
-
नामसँग खराब कीर्तिमान जोडियो तर, आउट थिएनन् ग्लेन म्याक्सवेल !
-
रिंकु सदा मृत्यु प्रकरण : एक अभियुक्तलाई कारागार पठाउने अदालतको आदेश
-
तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौँ : गृहमन्त्री
-
नेपाल सुपर लिगको टिकटिङ पार्टनरमा खल्ती र आइएमई पे