मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

धादिङको आदर्श बहुमुखीमा क्रान्तिकारीद्वारा स्ववियु घोषणा

आइतबार, १० चैत २०८१, १४ : ३९
आइतबार, १० चैत २०८१

धादिङ । धादिङको गजुरी गाउँपालिका–१ स्थित आदर्श बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले स्ववियु घोषणा गरेको छ । स्ववियु निर्वाचन नगरेर विद्यार्थीका अधिकारमाथि क्याम्पस प्रशासनले कुठाराघात गरेको भन्दै क्रान्तिकारीले स्ववियुको कार्यसमिति घोषणा गरेको हो । क्याम्पसका ५१ प्रतिशत विद्यार्थीहरूको साथमा स्ववियुको कार्यसमिति घोषणा गरेको हो । 

क्रान्तिकारीले गणेश पाण्डेको अध्यक्षतामा ११ सदस्यीय स्ववियु गठन गरेको हो । समितिको उपाध्यक्षमा सुस्मिता बरुवाल, सचिवमा गरिमा लामिछाने, कोषाध्यक्षमा सुमन डीसी, सह–सचिवमा कुशल सुवेदी रहेका छन् । 

अखिल क्रान्तिकारी धादिङ जिल्ला अध्यक्ष श्रीकृष्ण रिजालले क्याम्पस प्रशासनले स्ववियुको निर्वाचन गराउन नचाहेपछि आफूहरूले स्ववियु गठन गरेको बताए । 

उक्त कार्यक्रममा गजुरी गाउँपालिका प्रमुख गणेशलाल श्रेष्ठ, गजुरी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तारा भण्डारी लगायतको उपस्थिति रहेको थियो । 

क्याम्पस प्रशासन र निर्वाचन समितिले सर्वसम्मत तथा चुनावी माध्यमबाट समेत स्ववियु गठन गर्न नसकेपछि ५१ प्रतिशत विद्यार्थीको हस्ताक्षरसहित स्ववियु प्यानल घोषणा गरिएको अध्यक्ष रिजालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप